२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

अपहरण मुद्दाका फरार अभियुक्त भेडिहर पक्राउ

२०७४, २ पुष आईतवार १५:३९

पुस २, पर्सा (रासस) | अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

वीरगन्ज महानगरपालिका–३२, चोर्नी निवासी सूर्यप्रकाश गुप्तालाई अपहरण गरेको अभियोगमा विगत एक वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका पर्साको कालिकामाई गाउँपालिका–१ मुडली निवासी शिवनाथ राउत भेडिहरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । 

विसं २०७३ माघ ९ गते गुप्तालाई अपहरण गरी रु एक करोड ५० लाख फिरौती माग गरेको मुद्दामा फरार रहँदै आएका भेडिहरलाई शनिबार पर्साको छिपहरमाई गाउँपालिका–५ भिष्वाबाट विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिनुभयो । 

उहाँले अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त भेडिहर सीमावर्ती भारतीय शहरमा लुकीछिपी बस्दै आएको र कहिलेकाँही रातीको समयमा नेपाल भित्रिने गरेको पूर्वसूचनाका आधारमा राति ९ बजे उनलाई नियन्त्रणमा लिन सफल भएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते