Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रोल्पा सुकीदह गाउँपालिकावासी आन्दोलित

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मनिषा राई/पुस ३, रोल्पा । पश्चिम रोल्पाको सुकीदह गाउँपालिकाका स्थानिय आन्दोलित भएका छन् ।

मानिसको नाममा सुकीदह गाउँपालिकाको नामाकरण गर्न खोजिएके भन्दै स्थानीयवासीन्दा आन्दोलित भएका हुन् ।

बिरोध स्वरुप स्थानीयले वडा कार्यालयहरुमा तालावन्दी गरेका छन् । गत मंसीर २९ गते गाउँसभाले सुकीदह गाउँपलिकाको नाम गंगादेव र केन्द्र सुखाओढारलाई परिवर्तन गरी सानोडाँडा बनाएकोमा स्थानियहरु रुष्ट बनेका हुन् । गाउँसभाले गरेको निर्णयको बिरोध गर्दै सुकीदहमा हिजो विरोध प्रर्दशन समेत भएको छ ।

२९ गतेको निर्णय सच्चाउन माग गदै ज्ञापनपत्र लिएर कार्यालय पुगेका स्थानीयलाई गाउँपालिका उपाध्यक्ष रिता घर्तीले ब्यवास्था गरेको भन्दै उनीहरुले गाउँपालिका कार्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका छन ।

गाउँपालिका अध्यक्ष बीर बहादुर केसीको अनुपस्थिति र उपाध्यक्ष घर्तीले ज्ञापनपत्र नबुझेपछि उनीहरुले आक्रोष समेत ब्यक्त गरेका छन् ।

सुकीदह बासीको भावनालाई नबुझेर आफनो आफु खुसी गरिएको निर्णय सच्चाउने भन्दै स्थानीयले संघर्ष समितिनै गठन गरेका छन् । समितिका संयोजक रोशनकुमार ओलीले २९ गतेको निर्णय सच्चाउन माग गर्नुभएको छ ।