2026-09-07 07:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

चौकीलाई एक व्यक्तिद्धारा एक लाख रुपैयाँ बराबरको सामाग्री निशुल्क प्रदान

प्रकाश धौलाकोटी/ बैशाख ९, तेह्रथुम । तेह्रथुमको ईवा गाविसस्थित इलाका स्वास्थ्य चौकीलाई एक युवा समाजसेवीले प्रसुति गराउन आवश्यक पर्ने एक लाख रुपैयाँ मुल्य बराबरका सामाग्री निःशुल्क रुपमा प्रदान गरेका छन् ।

तेह्रथुमको ह्वाकु गाविसमा जन्मिएर हाल युकेमा कार्यरत चन्द्रबहादुर इङनामले इवा प्रसुती गृह तथा इलाका स्वास्थ्य चौकीमा आउने बिरामीहरुलाई लक्षित गरी एक लाख रुपैयाँ मुल्य बराबरका सामाग्रीहरु निःशुल्क उपलब्ध गराउनुभएको हो । ईङनामले स्वास्थ्य चौकीलाई बेड, सिरानी, ब्लानकेट, एमरजेन्सी लाइट, मेटर्स डसना ३–३ थान साथै एक थान टेवल र वेट मेसिन निशुल्क रुपमा प्रदान गरेको स्वास्थ्य चौकीकी निमित्त इन्चार्ज तुलसा इङनामले बताउनुभयो ।

उक्त सामाग्रीहरु बिहीबारै एक कार्यक्रमका बीच समाजसेवी इङनामका प्रतिनिधि नरेन्द्रकुमार ईङनामले स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नुभएको छ । जिल्लाका इलाका नं. ११ अन्तर्गत पर्ने पुर्वी ईवा, ह्वाकु र छातेढुंगा गाविसका सेवाग्राही लाभान्वित हुने सो स्वास्थ्य चौकीसँगै केही वर्ष अगाडि नै प्रसुति गृहको स्थापना भएपनि अहिलेसम्म आवश्यक बेड लगायतका सामाग्री नहुँदा समस्या हुँदै आएको थियो ।
समाजसेवी इङनामले दिएका समागी्रबाट स्वास्थ्यचौकीको दैनिक सेवाप्रवाह सँगै बुढाबुढी, केटाकेटी र प्रसुती गराउन आउने महिलाहरुलाई सजिलो हुने भएको छ । अब स्वास्थ्य चौकीमा बिरामीको चाप बढेका बेला भुँईमै बिरामी राखेर सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेर जाने स्वास्थ्य चौकीका निमित्त इन्चार्ज इङनामले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित