२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापको भाेर्लेनी सामुदायिक बनमा अागाेलागी, नियन्त्रण गर्न कठिन (तस्बिरसहित)

२०७४, ३ पुष सोमबार १७:११

प्रज्वल पाैडेल/पुस ३, रामेछाप । रामेछापको लिखु गाउँपालिका -२ स्थित सैपुकाे सामुदायिक बनमा अागाेलागी भएकाे छ । 

साेमबार विहान करिब ३/४ बजेबाट भाेर्लेनी सामुदायिक बनमा निरन्तर डडेलाे लागेकाे हाे । करिब १२० हेक्टर क्षेत्रफल रहेकाे साे बनमा अहिलेसम्म करिब १०० राेपनि भन्दा बढी क्षेत्रफलमा अागाे लागेर जंगलका बुट्यानहरू नष्ट भईसकेकाे सामुदायिक बन उपभोक्ता समितिका काेषाध्यक्ष टीका प्रसाद पाैडेलले जानकारी दिए । 


सैपुका स्थानीयले विहान ९ बजे अागाे निभाएर फर्किएपनि पुन: सल्केर अागाे फैलिएपछि सैपुका मावि विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय उपभोक्ता सक्रिय हुदाँ समेत अागाे नियन्त्रणमा लिन कठिन भएकाे उनले बताए । 

दिउसो अागाेलाई पुन निभाएपनि अहिले बेलुकीकाे समयमा पनि जंगलमाथि साना- साना धुवाँकाे मुस्लाे देखिरहेकाे सामुदायिक बनका सचीव छविरमण निराैलाले जानकारी दिए । 


विशेषगरी सल्ला हुने क्षेत्रमा अागाे लागि भएकाले सल्लिपिरकाे भित्री भागमा अागाे रहिरहदा जङगलमा आगो निभाउन असहज भएको सचिव निराैलाले बताए । उनले भने – ' सल्लाकाे वाक्लाे पत्करमा कहाँ अागाे लुकेकाे हुन्छ र पछि देखा पर्छ, सल्लाकाे गेडा बल्दै गुड्दा पनि फैलिन्छ, धेरै स्थानमा नियन्त्रणमा अाईसकेकाे छ ।'

अागाे पुरानाे स्कुल, घ्याम्पागाढे, राम्चे, भदाैरे लगाएतकाे क्षेत्रमा लागेकाे हाे । गाविस भवन मुनिकाे चण्डेश्वरी उमाविकाे पुरानाे भवन हुँदै वेशी झर्ने अाेरालाे बाटाेमा विहानी पख हिड्ने पैदल यात्री अागाे लगाउदै हिडेकाे अनुमान स्थानीयले गरेका छन् । 


उनीहरूले बाटाेकाे दायाँबायाँ विभिन्न स्थानमा अागाे लगाउदै निभाउदै गरेकाे धेरै ठाउँमा भेटिएको बताएका छन् । अागाे एउटै स्थानबाट नभई फरक फरक स्थानबाट सल्किएकाे छ ।

सामुदायिक बनमा अागाे कसले लगाएकाे हाे पत्ता अझै नलागेकाे र अनुसन्धान जारी राखिएको बताइएको छ । यस अगाडि लागेकाे अागाेले पनि ठुलाे बन विनास भएकाे थियाे ।


तस्विर/सुशील पाैडेल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने