१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापको भाेर्लेनी सामुदायिक बनमा अागाेलागी, नियन्त्रण गर्न कठिन (तस्बिरसहित)

३ पुष २०७४, सोमबार १७:११

प्रज्वल पाैडेल/पुस ३, रामेछाप । रामेछापको लिखु गाउँपालिका -२ स्थित सैपुकाे सामुदायिक बनमा अागाेलागी भएकाे छ । 

साेमबार विहान करिब ३/४ बजेबाट भाेर्लेनी सामुदायिक बनमा निरन्तर डडेलाे लागेकाे हाे । करिब १२० हेक्टर क्षेत्रफल रहेकाे साे बनमा अहिलेसम्म करिब १०० राेपनि भन्दा बढी क्षेत्रफलमा अागाे लागेर जंगलका बुट्यानहरू नष्ट भईसकेकाे सामुदायिक बन उपभोक्ता समितिका काेषाध्यक्ष टीका प्रसाद पाैडेलले जानकारी दिए । 


सैपुका स्थानीयले विहान ९ बजे अागाे निभाएर फर्किएपनि पुन: सल्केर अागाे फैलिएपछि सैपुका मावि विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय उपभोक्ता सक्रिय हुदाँ समेत अागाे नियन्त्रणमा लिन कठिन भएकाे उनले बताए । 

दिउसो अागाेलाई पुन निभाएपनि अहिले बेलुकीकाे समयमा पनि जंगलमाथि साना- साना धुवाँकाे मुस्लाे देखिरहेकाे सामुदायिक बनका सचीव छविरमण निराैलाले जानकारी दिए । 


विशेषगरी सल्ला हुने क्षेत्रमा अागाे लागि भएकाले सल्लिपिरकाे भित्री भागमा अागाे रहिरहदा जङगलमा आगो निभाउन असहज भएको सचिव निराैलाले बताए । उनले भने – ' सल्लाकाे वाक्लाे पत्करमा कहाँ अागाे लुकेकाे हुन्छ र पछि देखा पर्छ, सल्लाकाे गेडा बल्दै गुड्दा पनि फैलिन्छ, धेरै स्थानमा नियन्त्रणमा अाईसकेकाे छ ।'

अागाे पुरानाे स्कुल, घ्याम्पागाढे, राम्चे, भदाैरे लगाएतकाे क्षेत्रमा लागेकाे हाे । गाविस भवन मुनिकाे चण्डेश्वरी उमाविकाे पुरानाे भवन हुँदै वेशी झर्ने अाेरालाे बाटाेमा विहानी पख हिड्ने पैदल यात्री अागाे लगाउदै हिडेकाे अनुमान स्थानीयले गरेका छन् । 


उनीहरूले बाटाेकाे दायाँबायाँ विभिन्न स्थानमा अागाे लगाउदै निभाउदै गरेकाे धेरै ठाउँमा भेटिएको बताएका छन् । अागाे एउटै स्थानबाट नभई फरक फरक स्थानबाट सल्किएकाे छ ।

सामुदायिक बनमा अागाे कसले लगाएकाे हाे पत्ता अझै नलागेकाे र अनुसन्धान जारी राखिएको बताइएको छ । यस अगाडि लागेकाे अागाेले पनि ठुलाे बन विनास भएकाे थियाे ।


तस्विर/सुशील पाैडेल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ