१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा श्राद्ध सम्पन्न

४ पुष २०७४, मंगलवार ०२:३१

पुस ४, त्रिशूली | (रासस) | पौषे औँशीका अवसरमा नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा आफ्ना दिवंगत पितृको सम्झनामा सोमबार मानिसहरुले श्राद्ध सम्पन्न गरेका छन् । 

पौषकृष्ण औँशीका दिन उत्तरगयामा आई पितृलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृ मोक्ष हुन्छन् भन्ने विश्वास छ । त्रिशूली र वेत्रगंगाको संगमस्थल बेत्रावतीको उत्पत्ति समुद्रमन्थनको घटनासँग जोडिएको पुराणहरुमा उल्लेख छ । 

देवता र दानवले समुद्रमन्थन गर्दा निस्किएको कालकूट विष पिउँदा डाहले छट्पटिएका शिव उत्तरापन्थ लागी सोही ठाउँमा बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको बेत्रगंगा र अझै माथि नीलाद्रि पर्वतमा त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको संगममा पौषकृष्ण औँशीका दिन सबै देवता र पितृको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको हो । 

यहाँको श्राद्धको महत्व हजारौँ वर्ष पहिले ऋषि महर्षिको पालादेखि नै रहेको स्थानीय शिक्षक गणेश लामिछानेले बताउनुभयो । पौष कृष्ण औँशीका दिन बेत्रावतीमा आमाबाबु नभएकाहरुले यहाँ सके वर्षेनी र नसके जीवनमा एक पटक भए पनि श्राद्ध गर्ने चलन छ । 

श्राद्धका लागि पवित्र मानिएका हिन्दकुशक्षेत्रका चार गयामध्ये एउटा गयाका रुपमा उत्तरगयामा पिण्डदान गर्ने चलन छ । चार गयामध्ये तीन गया भारतमा र एक नेपालमा पर्छ । भारतमा रहेको चारधाम दर्शन गर्नुभन्दा पहिले यहाँको उत्तरगयामा दर्शन गरे पुण्य प्राप्त हुने हिन्दू धर्म अनुयायीको भनाइ छ । यहाँको महिमा हिमवत् खण्डमा समेत उल्लेख छ । 

काठमाडौँ, ललितपुर, धादिङ, बारा, पर्सा, चितवन, मकवानपुर, रुपन्देहीलगायत विभिन्न भागबाट श्रद्धालुको घुइँचो लागेको स्थानीय गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लवटले बताउनुभयो । 

नेपाल तिब्बतबीच भएको युद्धको सन्धिस्थलसमेत यहीँ भएको थियो जहाँ हरेक वर्ष माघ १ गते गोरुजुधाइ कार्यक्रम पनि हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ