२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा श्राद्ध सम्पन्न

२०७४, ४ पुष मंगलवार ०२:३१

पुस ४, त्रिशूली | (रासस) | पौषे औँशीका अवसरमा नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा आफ्ना दिवंगत पितृको सम्झनामा सोमबार मानिसहरुले श्राद्ध सम्पन्न गरेका छन् । 

पौषकृष्ण औँशीका दिन उत्तरगयामा आई पितृलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृ मोक्ष हुन्छन् भन्ने विश्वास छ । त्रिशूली र वेत्रगंगाको संगमस्थल बेत्रावतीको उत्पत्ति समुद्रमन्थनको घटनासँग जोडिएको पुराणहरुमा उल्लेख छ । 

देवता र दानवले समुद्रमन्थन गर्दा निस्किएको कालकूट विष पिउँदा डाहले छट्पटिएका शिव उत्तरापन्थ लागी सोही ठाउँमा बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको बेत्रगंगा र अझै माथि नीलाद्रि पर्वतमा त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको संगममा पौषकृष्ण औँशीका दिन सबै देवता र पितृको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको हो । 

यहाँको श्राद्धको महत्व हजारौँ वर्ष पहिले ऋषि महर्षिको पालादेखि नै रहेको स्थानीय शिक्षक गणेश लामिछानेले बताउनुभयो । पौष कृष्ण औँशीका दिन बेत्रावतीमा आमाबाबु नभएकाहरुले यहाँ सके वर्षेनी र नसके जीवनमा एक पटक भए पनि श्राद्ध गर्ने चलन छ । 

श्राद्धका लागि पवित्र मानिएका हिन्दकुशक्षेत्रका चार गयामध्ये एउटा गयाका रुपमा उत्तरगयामा पिण्डदान गर्ने चलन छ । चार गयामध्ये तीन गया भारतमा र एक नेपालमा पर्छ । भारतमा रहेको चारधाम दर्शन गर्नुभन्दा पहिले यहाँको उत्तरगयामा दर्शन गरे पुण्य प्राप्त हुने हिन्दू धर्म अनुयायीको भनाइ छ । यहाँको महिमा हिमवत् खण्डमा समेत उल्लेख छ । 

काठमाडौँ, ललितपुर, धादिङ, बारा, पर्सा, चितवन, मकवानपुर, रुपन्देहीलगायत विभिन्न भागबाट श्रद्धालुको घुइँचो लागेको स्थानीय गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लवटले बताउनुभयो । 

नेपाल तिब्बतबीच भएको युद्धको सन्धिस्थलसमेत यहीँ भएको थियो जहाँ हरेक वर्ष माघ १ गते गोरुजुधाइ कार्यक्रम पनि हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा