२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

तराईका जाडोले जनजिवन प्रभावित: कपिलवस्तुमा दुई जनाको मृत्यु

२०७४, ४ पुष मंगलवार १३:२८

माधव बेल्वासे | पुस ४, चन्द्रौटा | केहीदिन देखी बढेको अत्याधिक चिसोका कारण तराईका जिल्लाको जन जिवन प्रभावित भएको छ । चिसोका कारण सित लहर चल्दा कपिलवस्तुमा अहिले सम्म २ जनाको मृत्यु भइसकेको छ । पुष २ गते कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा परिचय नखुलेको एक जना र मंगलवार कपिलवस्तुको कृष्णनगर नगरपालिका बहादुरगञ्जमा परिचय नखुलेको महिलाको शब फेला परेको छ । 

चिसो हावा र बाक्लो हुस्सुका कारण पुष १ गते देखी घाम नदेखिएपछि तर्राईका जिल्लामा अत्यधिक चिसो बढेको छ । घामै नदेख्ने गरी चिसो बढेपछि बालबालिका, बृद्धा,लगायतलाई  समेत समस्या परेको स्थानिय बद्रि श्रेष्ठको भनाई छ ।

जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठकले जाडोबाट प्रभावितको सहयोगका लागि सामूहिक प्रयास गरिने निर्णय गरेका छ । इलाका प्रशासन कार्यलय चन्द्रौटाका प्रमुख जगदिश अर्यालका अनुसार स्थानीय तह संगको सहकार्यमा जाडोबाट प्रभावितको पहिचान गरि दाउरा र त्यसपछि न्यानो कपडा वितरण गर्ने सहमति भएको हो ।त्यस्तै शिवराज नगरपालिकाले चिसो वढेसगै अव खरिद गरेर विभिन्न ठाउमा राखिदिने र आगो वाल्ने व्यवस्था गर्ने नगरप्रमुख नेत्रराज अधिकारीले वताए । अस्पताल तथा स्वास्थ्यकेन्द्रहरुमा न्युमोनिया, दम, कोल्ड डाईरिया भएका बिरामीको चाप बढ्न थालेको छ । चिसोको असर चौपाया र हिउँदे बालीमासमेत परेको छ ।

शीतलहरले आलु र गोलभेँडाका बोटमा डढेलो रोग लाग्न थालेपछि किसानहरु समेत चिन्तीत छन । बाक्लो हुस्सुका कारण तराई भेगमा सवारी साधन चलाउन अप्ठेरो भएको छ । उता विद्यार्थिहरुलाई पनि चिसोले विद्यालय पुग्न गाह्रो भएको छ । अहिलेको जाडोयममा सरकारले दउराको व्यवस्थापन गरीदिए राहत हुने महाराजगञ्जका निबर धुनियाले बताउनु भयो । चिसोले दिन प्रती दिन तराइको जनजिवन कष्टकार बन्दै गएको छ । जाडोबाट बच्नाका लागि सरकारले पनि उचित कदम चल्ने अवस्था आएको छ । 

माथिको तश्विरमा: कपिलवस्तुको कृष्णनगर नगरपालिका वहादुगंजमा जाडोले कठ्याग्रिएर ज्यान गएको एक परिचय नखुलेकी महिलाको शव

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा