चिसाङ शेर्पा | पुस ४, खोटाङ | खोटाङमा प्रतिनिधि र प्रदेशसभाका बिजयी उम्मेद्वारलाई बधाई तथा शुभकामना दिईएको छ । प्रेस सेन्टर र प्रेस चौतारी शाखा दिक्तेलकोे संयुक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चिसाङ शेर्पा | पुस ४, खोटाङ | खोटाङमा प्रतिनिधि र प्रदेशसभाका बिजयी उम्मेद्वारलाई बधाई तथा शुभकामना दिईएको छ । प्रेस सेन्टर र प्रेस चौतारी शाखा दिक्तेलकोे संयुक्"/>
१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा प्रतिनिधि र प्रदेशसभा बिजयी उम्मेद्वारलाई बधाई

४ पुष २०७४, मंगलवार १३:३४

चिसाङ शेर्पा | पुस ४, खोटाङ | खोटाङमा प्रतिनिधि र प्रदेशसभाका बिजयी उम्मेद्वारलाई बधाई तथा शुभकामना दिईएको छ । प्रेस सेन्टर र प्रेस चौतारी शाखा दिक्तेलकोे संयुक्त आयोजनामा गत मंसिर दश गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बिजयी बाम गठबन्धनका तीन उम्मेद्वारलाई सांकेतिक बधाईपत्र तथा आगामी कार्यकालको शुभकामना दिईएको हो ।

मंगलबार दिक्तेलबजारको भवनगैरास्थित श्रेष्ठ होटलमा भएको बधाई तथा शुभकामना कार्यक्रममा खोटाङबाट प्रतिनिधिसभा बिजयी उम्मेद्वार नेकपा एमालेका बिशाल भट्टराई, प्रदेशसभा (क) एमालेका राजन राई र प्रदेशसभा (ख) नेकपा माओवादी केन्द्रका बिजयी उम्मेद्वार राम कुमार राई (पासाङ)लाई प्रेस सेन्टर र प्रेस चौतारी तथा अन्य सञ्चार माध्यममा आबद्ध पत्रकार, सञ्चारकर्मी, राजनीतिक दल लगायतले बधाई तथा शुभकामना दिएको हो ।

निर्वाचित जनप्रतिनिधिलाई सांकेतिक बधाईपत्र दिईएको छ । त्यस पत्रको बिचमा जिल्लाको खाली नक्सा रहेको छ । नक्सालाई बिकास र संमृद्धिले पुरा गरुंन भन्ने सांकेतिक उद्देश्यले शुभकामनासहित बधाईपत्र दिईएको प्रेस सेन्टर खोटाङका अध्यक्ष सुर्य तामाङले बताउनुभयो । 

कार्यक्रममा बोल्दै निर्वाचित जनप्रतिनिधिले जिल्लामा रहेका छापा र बिधुतिय सञ्चार माध्यमलाई चुस्तदुस्त बनाउनका लागि आफ्नो कार्यकालभित्र सहयोग निरन्तर रहने  बताएका छन् । पत्रकार तथा सञ्चारकर्मीको सल्लाह सुझावलाई मनन् गर्दै जिल्लालाई संमृद्धि बनाउने जनाएका छन् । 

गत मंसिर १० गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रदेशसभा (क) एमालेका उम्मेद्वार राजन राइले १८ हजार ९ सय ३३, प्रदेशसभा (ख) नेकपा माओवादी केन्द्रका उम्मेद्वार राम कुमार राईले १८ हजार ३ सय ७२ मत पाएको थियो । प्रतिनिधिसभा उम्मेद्वार तथा नेकपा एमालेका निवर्तमान सभासद बिशाल भट्टराइले ३७ हजार ८ सय ३७ मत ल्याउनुभएको थियो । भट्टराइले पुर्वाञ्चलकै पपुलर मत ल्याएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ