बजारभित्रका पुरानाभन्दा पुराना फो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बजारभित्रका पुरानाभन्दा पुराना फो"/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा बृहत सरसफाई सप्ताह शुरु (फोटोफिचर)

५ पुष २०७४, बुधबार ०५:४३

चिसाङ शेर्पा/पुस ५, खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल बजारमा बृहत सरसफाई सप्ताह अभियान शुरु भएको छ । 


बजारभित्रका पुरानाभन्दा पुराना फोहोर हटाउनका लागि ऐतिहासिक नगर सफाई अभियानको उद्घाटन भएको हो । “स्वच्छ, सफा र संमृद्ध  नगर सम्पुर्ण रुपाकोट मझुवागढीवासीको रहर” भन्ने मुल नाराका साथमा दिक्तेल रत्नपार्कको घर, पसल, होटल र सार्वजनिक स्थानमा फ्याकिएका फोहोर उठाउदै सरसफाई सप्ताह बुधबार बिहानदेखी शुरु भएको छ । 


रत्नपार्कस्थित स्थानियवासीहरुले जम्मा गरेका फोहोरका बोरालाई ट्याक्टरमा लगाउदै प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभा सदस्यद्धय राजन राई र राम कुमार राईले सरसफाई सप्ताहको उद्घाटन गरेका हुन । 

रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सदरमुकाम दिक्तेल बजारकोे रत्नपार्कबाट शुरु भएको सरसफाई सप्ताहमा नगरपालिका, सामुदायिक सेवा केन्द्रका प्रहरी, हलेसी गुल्मका शसस्त्र प्रहरी, शेरगण मुढे ब्यारेकका नेपाली सेना, म्यादी प्रहरी, सरस्वती उच्च मावि दिक्तेलका ७ सय विधार्थी, उधोग बाणिज्यसंघ, यातायात व्यवसायी, नगरवासी, कर्मचारीले बजारका फोहोर उठाउँदै रत्नपार्क–हाटडाडाँसम्म ¥याली निकालेको थियो ।


यसभन्दा अगाडी कन्ट्रयाक्टर कालिका फोहोरमैला व्यवस्थापन तथा प्रशोधन प्रालीले बजारवासीलाई सदस्य बनाए घर, पसल, होटलबाट निस्कने मात्र फोहोर उठाउदै आएको थियो । 

नगरपालिकासँग सम्झौता गरेर बुधबारदेखी पुनः कालिकाले पुराना फोहोर उठाउन थालेको रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजालले बताउनुभयो । नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउने योजना साथमा हप्तादिनमा पुराना फोहोरमैला उठाईसकिने छ । 


रिजालले भने, फोहोरमैलालाई नगरपालिकाको वडा नं. ५ स्थित लफ्याङमा रहेको ल्याण्डफिल्ड साईडमा व्यवस्थापन गरिएको छ । हप्तादिनसम्म चारवटा ट्याक्टरले दिक्तेल बजारको फोहोर उठाउने छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ