२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

खोलाको माछा मारेर कुमाल बस्तीको जीविकोपार्जन

५ पुष २०७४, बुधबार ०५:५१

पुस ४, पाल्पा । पाल्पा बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल बस्तीका बासिन्दा अझै पनि माछा मारेर जीविकोपार्जन गर्न बाध्य छन् । 

कुमाल समुदायको पुख्र्यौली पेसा रहेको माछा मार्ने र त्यही माछा बेचेर परिवारको गुजारा चलाउन अझै पनि बाध्य छन् । 

स्थानीय बासिन्दा सन्तबहादुर कुमालका अनुसार नजिकै रहेको तानसेन बजारमा समेत मजदुरी गरी जीविकोपार्जनका लागि जान बाध्य रहे पनि पछिल्ला वर्ष ज्याला मजदुरी गर्न पाइन छाडेको छ । “खोलामा माछा मार्ने सीप छ, अरु सीप नै छैन, कहिले दुई तीनसय कमाइ हुन्छ, कहिले कमाइ नै हँुदैन” कुमालले भन्नुभयो । 

सदरमुकाम तानसेनदेखि नजिकै रहे पनि शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् तथा रोजगारका अवसरमा पहुँच बाहिर रहेको कुमाल बस्ती अझै पाँच घरपरिवार माडीको खोलामा माछा मारेर नै जीविकोपार्जन गर्न जुटेका छन् । दलबहादुर, सन्तबहादुर, गिरबहादुर, बङ्गले र सन्तबहादुरको परिवार खोलामा नै दिनभर माछा मार्नका लागि दिनभर नै बिताउँछन् । 

पछिल्ला वर्ष खोलामा पानीको सुकेपछि माछा हराउन थालेको र पहिलाजस्तो खोलामा माछा प्रशस्त पाइन छोडेकामा कुमाल समुदाय चिन्तित छ । कुमाल समुदायबाहेक अन्य समुदायसमेत फुर्सुदको समयमा माछा मार्दा विषादीको प्रयोग गरेकाले माछा हराउन थालेको दलबहादुर कुमालले बताउनुभयो । 

खोलामा पानीको सतह सकेर माछा पाइन छोडेपछि यहाँका कुमाल बस्तीको जीविकोपार्जनका लागि मुख्य पेशा संकटमा पर्ने खतरा बढेको हो । खोलामा माछा मार्दा प्रहरीले आफूहरुलाई लैजाने गरेको समेत दुखेसो उनीहरुको रहेको छ । 

विद्युतीय सहायतामा माछा मार्दा प्रहरीले पक्राउ गरेकोमा उनीहरु दुखित छन् । 

जिल्लाको रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, माथागढी गाउँपालिका, रामपुर र तानसेन नगरपालिकालगायतका स्थानमा कुमाल समुदायको बाक्लो बस्ती रहेको छ । 

पछिल्लो जनगणना २०६८ सालका अनुसार पाल्पामा कुमाल समुदायका तीन हजार ६९५ गरी कुल जनसंख्या छ हजार ८०२ रहेको छ । 

स्थानीय बासिन्दा कान्छी कुमालले पहिला भोट माग्न घरमा आए पनि चुनाव जितेपछि गाउँमा कहिले पनि नआउने गरेको बताउनुभयो । 

चुनावमा भोट हालेपछि जित्नेहरु गाउँ नफर्किँदा कुमाल बस्तीमा नेतृत्व गर्ने मान्छेको अभावमा खानेपानीदेखि सडकसम्म आधारभूत विकास हुन सकेको छैन । कृष्ण दर्नाल/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने