Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

खोलाको माछा मारेर कुमाल बस्तीको जीविकोपार्जन

२०७४, ५ पुष बुधबार ०५:५१

पुस ४, पाल्पा । पाल्पा बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल बस्तीका बासिन्दा अझै पनि माछा मारेर जीविकोपार्जन गर्न बाध्य छन् । 

कुमाल समुदायको पुख्र्यौली पेसा रहेको माछा मार्ने र त्यही माछा बेचेर परिवारको गुजारा चलाउन अझै पनि बाध्य छन् । 

स्थानीय बासिन्दा सन्तबहादुर कुमालका अनुसार नजिकै रहेको तानसेन बजारमा समेत मजदुरी गरी जीविकोपार्जनका लागि जान बाध्य रहे पनि पछिल्ला वर्ष ज्याला मजदुरी गर्न पाइन छाडेको छ । “खोलामा माछा मार्ने सीप छ, अरु सीप नै छैन, कहिले दुई तीनसय कमाइ हुन्छ, कहिले कमाइ नै हँुदैन” कुमालले भन्नुभयो । 

सदरमुकाम तानसेनदेखि नजिकै रहे पनि शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् तथा रोजगारका अवसरमा पहुँच बाहिर रहेको कुमाल बस्ती अझै पाँच घरपरिवार माडीको खोलामा माछा मारेर नै जीविकोपार्जन गर्न जुटेका छन् । दलबहादुर, सन्तबहादुर, गिरबहादुर, बङ्गले र सन्तबहादुरको परिवार खोलामा नै दिनभर माछा मार्नका लागि दिनभर नै बिताउँछन् । 

पछिल्ला वर्ष खोलामा पानीको सुकेपछि माछा हराउन थालेको र पहिलाजस्तो खोलामा माछा प्रशस्त पाइन छोडेकामा कुमाल समुदाय चिन्तित छ । कुमाल समुदायबाहेक अन्य समुदायसमेत फुर्सुदको समयमा माछा मार्दा विषादीको प्रयोग गरेकाले माछा हराउन थालेको दलबहादुर कुमालले बताउनुभयो । 

खोलामा पानीको सतह सकेर माछा पाइन छोडेपछि यहाँका कुमाल बस्तीको जीविकोपार्जनका लागि मुख्य पेशा संकटमा पर्ने खतरा बढेको हो । खोलामा माछा मार्दा प्रहरीले आफूहरुलाई लैजाने गरेको समेत दुखेसो उनीहरुको रहेको छ । 

विद्युतीय सहायतामा माछा मार्दा प्रहरीले पक्राउ गरेकोमा उनीहरु दुखित छन् । 

जिल्लाको रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, माथागढी गाउँपालिका, रामपुर र तानसेन नगरपालिकालगायतका स्थानमा कुमाल समुदायको बाक्लो बस्ती रहेको छ । 

पछिल्लो जनगणना २०६८ सालका अनुसार पाल्पामा कुमाल समुदायका तीन हजार ६९५ गरी कुल जनसंख्या छ हजार ८०२ रहेको छ । 

स्थानीय बासिन्दा कान्छी कुमालले पहिला भोट माग्न घरमा आए पनि चुनाव जितेपछि गाउँमा कहिले पनि नआउने गरेको बताउनुभयो । 

चुनावमा भोट हालेपछि जित्नेहरु गाउँ नफर्किँदा कुमाल बस्तीमा नेतृत्व गर्ने मान्छेको अभावमा खानेपानीदेखि सडकसम्म आधारभूत विकास हुन सकेको छैन । कृष्ण दर्नाल/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश