2026-09-14 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा बालविवाह न्यूनीकरण गर्न अभिभावकलाई शिक्षा

पुस ६, रोल्पा । जिल्लामा बालविवाहको मात्रा अत्यधिक रहेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन भइरहेका छन् । 

लामो समयदेखि बालविवाह न्यूनीकरणका विभिन्न अभियान सञ्चालन भए पनि अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको भन्दै थप अभियान सञ्चालन भएका हुन् । 

गरिबी तथा चेतनाको अभावका कारण हुने बालविवाहले लैंगिक हिंसासमेत बढ्दै गएको बताइएको छ । बालविवाह न्यूनीकरणमा किशोरकिशोरीका साथै उनका अभिभावकमा समेत सचेतना जरुरी रहेको भन्दै अभिभावक शिक्षासमेत प्रदान गरिएको बालविवाह न्यूनीकरण सहजकर्ता तीर्था आचार्यले बताउनुभयो । 

जिल्लामा अत्यधिक बालविवाह हुने खुंग्री, कोटगाउँ र लिवाङमा परीक्षणका रुपमा किशोरी शिक्षा तथा किशोरीका अभिभावकका लागि तालीमसमेत सञ्चालन गरेका छाँै, आचार्यले भन्नुभयो । 

प्रजनन स्वास्थ्य, किशोरावस्था तथा विवाहसम्बन्धी प्रचलित कानूनको समेत जानकारी नभएका अभिभावकलाई यस्ता विषयको जानकारीले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरेको आचार्यको भनाइ छ । 

बालविवाहले किशोरीको स्वास्थ्यमा असर पर्ने कुरा विगतमा आफूहरुलाई थाहा नभएका कारण बालविवाह गराएको अभिभावक कमला गुरुङले बताउनुभयो । अभिभावक शिक्षासँगै बालविवाह न्यूनीकरणमा आफूहरु समेत लागेको गुरुङको भनाइ छ । 

पछिल्लो तथ्यांकअनुसार रोल्पामा हुने विवाहमध्ये ६५ प्रतिशत बालविवाह रहेका छन् । बालविवाह न्यूनीकरणका लागि युएनएफपीएको सहयोगमा नेपाल रेडक्रश सोसाइटी, रोल्पाले कार्यक्रम सञ्चालन गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ