१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अग्नी पिडितको सहयोगार्थ ७५ हजार संकलन

६ पुष २०७४, बिहीबार १३:४४

चिसाङ शेर्पा | पुस ६, खोटाङ | आगलागीमा परी बिचल्नीमा परेका खोटाङका एक अग्नी पिडितको परिवारको सहयोगार्थ देशबिदेशमा आर्थिक संकलन अभियान थालिएको छ । 

आगलागीमा घर तथा बन्दोबस्तीका सामान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका मित्रमान राईको पुःर्नस्थापनाका लागि देशबिदेशमा आर्थिक सहयोग संकलन थालिएको हो । अग्नी पिडितको पुःर्नस्थापना एबं सहज जीवनयापनका लागि आफन्त तथा शुभेच्छुकले अभियानको छोटो समयमै ७५ हजार भन्दा बढि रकम संकलन गरिसकेका छन् । अग्नी पिडितलाई हस्तान्तरण गर्ने गरी हालसम्म ७५ हजार ६० रुपैयाँ रकम संकलन भइसकेको अभियानमा संलग्न स्थानीयले बताएका छन् । 

गत मंसिर २८ गते भएको आगलागीमा परी बिचल्नीमा परेका पिडितको सहयोगका लागि हङकङमा रहेका नयन राई, मलेसियामा रहेका जनक राई, काठ्माण्डौंमा रहेका द्धारसिं राई लगायतको पहलमा सहयोग संकलन अभियान थालिएको हो । केही समयसम्म सहयोग संकलन अभियानलाई जारी राखेर पिडितलाई रकम हस्तान्तरण गरिने पिडितका छिमेकी एबं सामान्य प्रशासन अधिकृत खम्बराज राईले बताए । पिडितको सहयोगार्थ मलेसिया, हङकङ, साउदीअरब, ब्रुनाई, कुबेत लगायतका ठाउँबाट सहयोग प्राप्त भइरहेको छ । ‘संकलन भएको रकम मेरै खातामा जम्मा भइरहेको छ, केही समयसम्म अभियान चलाएर पिडितलाई प्रदान गर्ने तयारी गरेका छौँ,’ राईले भने, ‘सबै जना एकजुट भएर विपत्तीको सामना गर्नका लागि पिडितको सहयोगार्थ अभियान चलाइएको हो ।’ 

आगलागीमा राईको १६ लाख ४८ हजार बराबरको धनमाल नष्ट भएको थियो । आगोले तीन तले घर, घरभित्र भएका धनमाल, १४ चौपाय लगायत जलेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ