२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

महिलाहरु भन्छन- ‘हामिलाई कानुनी कुरा थाहा हुनुपर्छ’

२०७४, ७ पुष शुक्रबार १२:२०

माधव बेल्वासे/पुस ७, कपिलवस्तु । कपिलवस्तुका महिलाहरुले आफुहरुलाई कानुनी कुराहरु थाहा पाउनुपर्ने वताएका छन । 

कपिलवस्तुको कृष्णनगरमा आयोजित एक कार्यक्रममा महिला सधै चुलो चौको मा मात्र सिमित रहने गरेकोले कानुन र अधिकारको कुरामा सधै वन्चित हुनुपरेको वताए ।कृष्णनगर नगरपालिकाको सहयोगमा दियालो नेपालले आयोजना गरेको कानुनी सचेतना कार्यक्रममा महिलाहरुले यस्तो वताएका हुन ।


कार्यक्रममा सहभागी भएकी मुन्नु रैदासले कानुनी कुराको र संविद्यानमा महिलाका लागी राखिएको कुराहरु स्थानिय स्तरका महिलालाई पनि जान्नुपर्ने वताईन ।रैदासले कृष्णनगर नगरपालिका र दियालो नेपालको सक्रियतामा महिलाहरुलाई कानुनी विषयमा जानकारी गराएकोमा धन्यवाद दिइन ।त्यस्तै सहभागी मतिया थापाले पनि सचेतना कार्यक्रम वाट महिलाहरुका कानुनी कुरा र हक अधिकारको वारेमा जान्न पाएको धारण व्यक्त गरिन । 

स्थानिय निकायवाट महिलाको लागी छुटै अधिकार कार्यक्रम भएपनि ति कार्यक्रम सहि ठाउमा महिलाले नै उपभोग गर्न पाउनुपर्ने सोहि कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन । महिलाहरुको लागी सिप तथा विभिन्न सिपमुलक तालिमहरु रहने गरेकोले महिला आत्मनिर्भन वन्नको लागी पनि संघ सस्था सग नजिक रहेर कार्य गर्नुपर्ने उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष गुरुशरण सिहले वताए ।त्यस्तै क्षेत्र व वहादुर खत्रिले महिला अव अग्रसर बनेर आफ्नो हक अधिकार र कानुनी विषयमा जान्नुपर्ने धारण राखे ।महिला 

कार्यक्रम सरद अधिकारी र मिना परियारले सहजिकरण गरेका थिए । दियालो नेपालका अध्यक्ष कमला भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रम संचालन प्रेमकला पौडेलले गरेकी थिइन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते