2026-09-14 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम परिवर्तनमा जनताको बिरोध

मनिषा राई/पुस ८, रोल्पा । पुर्वी रोल्पाको सुवर्णावती गाउपालिकाको नाम परिवर्तन गर्ने भन्ने प्रस्ताब कार्यपालिकाको बैठकमा आएपछि जनताले बिरोध जनाएका छन् । 

देश भर्खरै नंया संरचना र नंया ब्यबस्था अनुसरण गरी साहै्र कमजोर अर्थतन्त्र सहित देश र स्थानीय तह संचालन गर्दा नै अप्ठेरो परिरहेको बेलामा देशको अर्थतन्त्रलाई स्थानीय तहबाट नै भत्काउन खोजेको भन्दै जनताको भावना र इच्छा बिपरित भएको हुदा सुवर्नावतिवासिले त्यस प्रस्ताव प्रति असहमति जनाएका हुन् । 

गाउ कार्यपालिकाको हिजो वसेकोे बैठकमा सुवर्णावती गाउपालिकाको नाम परिवर्तन गरी  नया नाम राख्ने प्रस्ताब गा.पा प्रमुख गुनेन्द्र घर्तीमगरले ल्याएपछि सुवर्णवती गाउपालिका वडा नम्बर ४ का वडाअध्यक्ष गन्ज बहादुर क्षेत्री, ३ का वडाअध्यक्ष जेद बहादुर बिस्ट, २ का वडाअध्यक्ष नेत्र बहादुर गिरि, १ का वडाअध्यक्ष केशवलाल कुवर लगायत कार्यपालिकाका सदस्यहरुले पूर्ण रुपले बिरोध गर्दै असहमति गरी बिज्ञप्ती निकालेका छन् ।

बिज्ञप्तीमा भनिएको छ ‘गाउपालिकाको नाम परिवर्तन गर्ने प्रस्तावको ब्यापक असहमति र बिरोधको बाबजुत नाम परिवर्तन गर्ने सम्बन्धित प्रस्ताब बहुमतले पारित हुदा उक्त निर्णय रोक्न नसकेकोमा गाउलापिका बासीहरु समक्ष क्षेमा प्राप्ति गर्न चाहन्छौ र बिरोध गरी बैठक बाहिर निस्किसकेको अबस्थामा गरिएको निर्णय अन्य माध्यम बाट थाहा पाउदा हामि उक्त निर्णयको कडा भन्दा कडा सब्दमा निन्दा र घोर भ्रत्सना गर्दै उक्त निर्णय यथाशिघ्र खारेज गर्न जोडदार माग गर्दछौ.।’

बिज्ञप्तीमा थपिएको छ ‘बिकासका काम लाइ लत्याउदै आफ्नो दम्भ र अधिनायकबाद लादन खोज्दै “सुवर्णावती “ शब्द उच्चारण गर्न अप्ठेरो भयो र यसको अर्थ नै छैन भन्दै देश बिदेशका विभिन्न सबैधानिक र अन्य निकायमा नामाकरण भैसकेको, सारा जनताको मुखमा झुण्डी सकेको यति सुन्दर र ऐतिहासिक नामलाइ परिवर्तन गरी कुनै व्यक्तिको नाम बाट  बिस्थापित गरी नया नाम राख्ने भन्ने कुरा जनतालाई अमान्य भएकोले यो प्रस्ताब माथि ठुलो आपत्ति सहित असहमति जनाउदछौ ।’

त्यहाका कतिपय स्थानियहरुले पनि उक्त निर्णयलाई अस्वीकार गर्दै निर्बा्चित भएर देश र जनताको हितमा काम गर्छु भनेर सपथ  लिने अनि  अहिले त्यसको ठिक बिपरित काम गरेको बताएका छन् ।

यता गाउपालिका अध्यक्ष गुनेन्द्र घर्तीमगरले भने सुवर्णवति गाउपालिका पौराणिक, साहित्यिक नाम भएको कारण अर्थ बुझ्न नसेको र भावि सन्ततिका लागि पनि अर्थ भएको प्रमाणित नाम र शहिद शुनिलको नामबाट ‘शुनिल स्मृति’ नामाकरण गर्ने छलफल भएको बताउनुभयो ।

उहाले पहिलो सभामा गाउपालिकाको नाम पछि परिवर्तन गर्न मिल्ने गरी सहमति भएकोले अहिले आएर चर्चित नाम दिएर भावि सन्ततिलाई बिना अर्थको नाम बाट मुक्त गराउने कोशिष गरेको बताउनुभयो । 

साथै उहाले कतिपय स्थानियले सहमति जनाएको र कतिपयले असहमति जनाएकोले यहि पौष १२ गतेको छलफलबाट टुङगो लाग्ने समेत जानकारी दिनुभयो ।

जिल्ला स्थित सर्बदलीय र सर्बपक्षीय बाट जिल्ला ब्यापी नै गहन छलफल गरी सबैको सहमति र हस्ताक्ष्यर गरी कुनै बिबाद नभई नामाकरण गरिएको पुरानो गाउपालिकाको नामलाई कुनै पनि हालतमा परिवर्तन हुन नदिने स्थानियहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ