२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

एसइई परीक्षा तयारीका लागि विद्यालयलाई थप २५ हजार रकम उपलब्ध

८ पुष २०७४, शनिबार ०६:२६

पुस ८, महोत्तरी । जिल्ला शिक्षा कार्यालय महोत्तरीले एसइई परीक्षा तयारीका लागि हरेक सामुदायिक विद्यालयलाई रु २५ हजार दिएको छ । 

आगामी चैत महिनामा हुन लागेको एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई लक्षित गरी अतिरिक्त कक्षा सञ्चालन गर्नका लागि सो रकम उपलब्ध गराइएको हो । 

जिल्लाको ८५ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई अंग्रेजी, विज्ञान र गणित विषयको पाठ्यपुस्तक पूर्णरुपमा तयारी गराउनका लागि रु २१ लाखभन्दा बढी रकम छुट्याएको जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले जानकारी दिनुभयो । 

सम्बन्धित विद्यालय वा अन्य शिक्षकद्वारा पूर्णरुपमा सो विषयका कोर्ष तयारी गर्ने शिक्षकलाई सो रकम दिइने जिल्ला शिक्षा अधिकारी दाहालले बताउनुभयो । 

महोत्तरीमा २० वटा निजी तथा ८५ वटा सामुदायिक गरी १०५ माविका आठ हजारभन्दा बढी विद्यार्थी सो परीक्षामा सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा