2026-10-18 10:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

टिएमजे क्षेत्रको विकास र संरक्षणमा चासो नदिएको गुनासो

प्रकाश धौलाकोटी । तेह्रथुम, ९ बैशाख । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले संरक्षण क्षेत्रका बासिन्दाले त्यस क्षेत्रको संरक्षण, संवद्र्धन र विकासकालागि सरोकारवालाहरुले चासो नदिएको गुनासो गरेका छन् ।

आफुहरुले त्यहाँको गुराँसे बन, जडीबुटी र अन्य प्राकृतिक पर्यावरणको संरक्षणमा चासो दिइरहेको भएपनि सम्बन्धित निकायहरुको वेवास्ताका कारण सोचजति बिकास हुन नसकेको उनीहरुको भनाइ छ । संखुवासभाको नुनढाकीस्थित गुफा बजारमा बिहीबार आयोजित तीनजुरे मिल्के जलजले संरक्षण क्षेत्रको जैविक विविधता तथा पर्या–पर्यटन विकास र संरक्षण सम्बन्धीे अन्तरक्रियामा सहभागी स्थानीयले यो क्षेत्र तीन जिल्लाको संगममा परेकै कारण उल्लेख्य सम्भावना भएपनि विकास हनु नसकेको बताएका हुन् ।

ग्रामीण पुनःनिर्माण नेपालले समुदायमा आधारित जैविक विविधता व्यवस्थापन परियोजना अन्तर्गत आयोजित कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस क्षेत्रको संरक्षणमा सबैले उत्तिकै जिम्मेवारी बहन गर्नुपर्ने स्वीकार गरेका छन् । तेह्रथुम, सखंवासभा र ताप्लेजुङका सम्बन्धित सरकारी, गैरसरकारी क्षेत्र तथा संघसंस्था सहभागी कार्यक्रममा तेह्रथुमका जिल्ला बन अधिकृत देवीचन्द्र पोखरेलले दश वर्षे तीनजुरे मिल्के जलजले विकास योजना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम संखुवासभाका स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीको प्रमुख आतिथ्यता, तेह्रथुमका स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्कीको विशेष आतिथ्यता तथा परियोजनाका व्यवस्थापक बमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।

\यी तीन जिल्लाका २५ गाविस समेटिएको संरक्षण क्षेत्रमा संसारमा पाइने ३२ प्रजाति मध्ये २८ प्रजातिका गुराँस फुलेका छन् । यो क्षेत्रको गुराँसे बनको अवलोकन गर्न तथा प्राकृतिक मनोरम दृश्यको अवलोनक गर्न वर्षेनि लाखौँको संख्यामा पर्यटकहरु आउने गरेका छन् । तर पर्यटकहरुको आगमनसँगै बस्ती विकास र पछिल्लो समय देखिएको जलवायु परिवर्तनको असरका कारण भइरहेको पर्यावरणीय परिवर्तनका कारण गुराँसे बनको फँडानी, जडीबुटीको चोरी सिकारी, फोहोर व्यवस्थापन लगायत विषयमा चुनौती देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु