२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका महिलामा आङ्ग खस्ने समस्या बिकराल बन्दै

२०७४, ९ पुष आईतवार ११:०९

 नन्द बहादुर रोकाया , पुस ९, मुगु । मुगु जिल्लाका महिलामा पाठेघर खस्ने तथा आङ्ग खस्ने समस्या बिकारल बन्दै गहेको छ । गाउँघरमा आङ खस्ने रोग भनेर चिनिने पाठेघर खस्ने समस्याबाट मुगुका महिला दिन प्रतिदिन ग्रसित बन्दै गहेका छन । आङ खस्ने समस्या बाट पिडित मुगुका महिलाहरु खुलेर नआउने गर्नाले पनी यो समस्याले बिकाराल रुप लिईएको हो  । मुगुका कत्ति महिलामा पाठेघर खस्ने तथा आङ्ग खस्ने समस्या बाट ग्रसित छन भन्ने आकंलन गर्न अहिले नै नसकिने बताईएको छ ।

आज सदरमुकाम गमगढीमा कर्णाली सामुदायिक बिकास मञ्चले आयोजन गरेकोे अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकायले धेरै महिलालाई पाठेघर खस्ने समस्याबाट पिडित भएपनी खुलेर बताउन नचाहने गरेको बताएका छन । कर्णाली सामुदायिक बिकास मञ्चका अध्यक्ष राधिका मल्लका अनुसार आप्नो संस्थाले जिल्लाको सौरु गाउँपालीका का तिन वडा नार्थपु र भिईमा प्रजन्न स्वास्थ्यका क्षेत्रमा काम गदै आएको र तिन वडामा गरेको आङ खस्न समस्याको सवेक्षण गरे अनुसार तिन वडाका ४२ जना महिलाहरुमा आङ खस्ने समस्या देखिएको बताउनुभयो ।

पहिलो चरण ८ द्रोसो चरण १६ तेस्रो चरण १८ रिङ्ग केसरी ५ जना र १० जना अप्रेशन गरेका महिला गरी तिन वडामा ४२ जना महिलामा आङ खस्ने समस्या देखिएको छ भने जिल्लाका ४५ वडाका महिलाको अबस्था के होला ? उहाँले प्रश्न गदै भन्नु भयो  मुगुका महिलामा पाठेघर खस्ने तथा आङ्ग खस्ने समस्या बिकारल बन्दै गहेको छ । यसको न्युनिकरण तथा रोकथामा कर्णाली सामुदायिक बिकास केन्द्र मुगुले एक्लै केहि गर्न सक्दैन यसमा जिल्ला स्थित सबै सरोकारवाला निकायले चासो र चिन्तनका साथ लाग्न उहाँले सबैका आग्रह गनुभयो । यसै बिच जिल्ला समन्वय समितिका उप संयोजक कर्णशिला मल्लले मुगुका महिलामा सामाजिक सचेतनाको अभाव रहेको र घर, परिवार र समाजको पुरात्तानवादी सोचका कारण महिलाहरुले यस्तो बिकारल समस्या लुकाईरहेको बताउनुभयो  । यो समस्या लाई  निराकरण गर्न  जिल्लाका सरोकारवाला निकाय, स्वास्थ्यकर्मी र संचारकर्मीहरु शिक्षक सबैले पाठेघर खस्ने समस्या, यसको रोकथाम र न्यूनिकरणका लागि हतेमालो गरी कामगनु पर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते