२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका महिलामा आङ्ग खस्ने समस्या बिकराल बन्दै

९ पुष २०७४, आईतवार ११:०९

 नन्द बहादुर रोकाया , पुस ९, मुगु । मुगु जिल्लाका महिलामा पाठेघर खस्ने तथा आङ्ग खस्ने समस्या बिकारल बन्दै गहेको छ । गाउँघरमा आङ खस्ने रोग भनेर चिनिने पाठेघर खस्ने समस्याबाट मुगुका महिला दिन प्रतिदिन ग्रसित बन्दै गहेका छन । आङ खस्ने समस्या बाट पिडित मुगुका महिलाहरु खुलेर नआउने गर्नाले पनी यो समस्याले बिकाराल रुप लिईएको हो  । मुगुका कत्ति महिलामा पाठेघर खस्ने तथा आङ्ग खस्ने समस्या बाट ग्रसित छन भन्ने आकंलन गर्न अहिले नै नसकिने बताईएको छ ।

आज सदरमुकाम गमगढीमा कर्णाली सामुदायिक बिकास मञ्चले आयोजन गरेकोे अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकायले धेरै महिलालाई पाठेघर खस्ने समस्याबाट पिडित भएपनी खुलेर बताउन नचाहने गरेको बताएका छन । कर्णाली सामुदायिक बिकास मञ्चका अध्यक्ष राधिका मल्लका अनुसार आप्नो संस्थाले जिल्लाको सौरु गाउँपालीका का तिन वडा नार्थपु र भिईमा प्रजन्न स्वास्थ्यका क्षेत्रमा काम गदै आएको र तिन वडामा गरेको आङ खस्न समस्याको सवेक्षण गरे अनुसार तिन वडाका ४२ जना महिलाहरुमा आङ खस्ने समस्या देखिएको बताउनुभयो ।

पहिलो चरण ८ द्रोसो चरण १६ तेस्रो चरण १८ रिङ्ग केसरी ५ जना र १० जना अप्रेशन गरेका महिला गरी तिन वडामा ४२ जना महिलामा आङ खस्ने समस्या देखिएको छ भने जिल्लाका ४५ वडाका महिलाको अबस्था के होला ? उहाँले प्रश्न गदै भन्नु भयो  मुगुका महिलामा पाठेघर खस्ने तथा आङ्ग खस्ने समस्या बिकारल बन्दै गहेको छ । यसको न्युनिकरण तथा रोकथामा कर्णाली सामुदायिक बिकास केन्द्र मुगुले एक्लै केहि गर्न सक्दैन यसमा जिल्ला स्थित सबै सरोकारवाला निकायले चासो र चिन्तनका साथ लाग्न उहाँले सबैका आग्रह गनुभयो । यसै बिच जिल्ला समन्वय समितिका उप संयोजक कर्णशिला मल्लले मुगुका महिलामा सामाजिक सचेतनाको अभाव रहेको र घर, परिवार र समाजको पुरात्तानवादी सोचका कारण महिलाहरुले यस्तो बिकारल समस्या लुकाईरहेको बताउनुभयो  । यो समस्या लाई  निराकरण गर्न  जिल्लाका सरोकारवाला निकाय, स्वास्थ्यकर्मी र संचारकर्मीहरु शिक्षक सबैले पाठेघर खस्ने समस्या, यसको रोकथाम र न्यूनिकरणका लागि हतेमालो गरी कामगनु पर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य