२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा स्वास्थ्य शिविरबाट ६६५ जना लाभान्वित

२०७४, १० पुष सोमबार ०४:०३

पुस १०, म्याग्दी । संयुक्त लायन्स क्लब अफ म्याग्दी दरबाङ र लियो क्लब अफ म्याग्दी दरबाङको आयोजनामा पश्चिम म्याग्दीको दरबाङमा आइतबारदेखि तीनदिने बृहत् स्वास्थ्य शिविर र आँखा शिविर शुरु भएको छ । 

आँखा शिविर आफ्ना स्वर्गीय बुबा ओमबहादुर बोगटी र भाइ लोक बोगटीको स्मृतिमा बेनपा– १ रत्नेचौर घर भई हाल मलेशियामा व्यापार गरी बस्नुभएका दीपक बोगटीको आर्थिक सहयोग र बृहत् स्वास्थ्य शिविर लायन्स क्लब र लियो क्लब दरबाङको व्यवस्थापनमा आयोजना गरिएको हो । 

शिविरको पहिलो दिन आइतबार आँखा शिविरबाट ३२६ र बृहत् स्वास्थ्य शिविरबाट ३३९ गरी ६६५ जना लाभान्वित भएको लायन्स याममति रोकाले जानकारी दिनुभयो । 

शिविरमा निःशुल्क औषधि र मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्नेलाई पोखरा लगेर निःशुल्क शल्यक्रिया गरिने जनाइएको छ । 

आँखा शिवरमा हिमालयन आँखा अस्पताल पोखराका डा हरिमाया गुरुङको नेतृत्वमा छ जना प्राविधिक र बृहत् स्वास्थ्य शिविरमा डा राजेन्द्र पौडेल, डा तिलक गौतम र डा कृष्ण कँडेल लगायतका चिकित्सकले सेवा प्रदान गरिरहनुभएको छ । आँखा र बृहत् स्वास्थ्य शिविर मंगलबारसम्म सञ्चालन हुने जनाइएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते