२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

कठ्याङ्ग्रिँदो जाडोमा विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य

१० पुष २०७४, सोमबार ०४:०६

पुस १०, गौशाला । महोत्तरी जिल्लाको रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयका विद्यार्थी पुसको कठ्याङ्ग्रिँदो जाडोमा चिसो भुइँमा बसेर पढ्न बाध्य रहेका छन् । 

जिल्लाको महोत्तरी गाउँपालिका वडा नं ४ मा पर्ने रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म गरी जम्मा ४७८ विद्यार्थी अध्ययनरत रहेकामा विद्यालयमा टेबल र बेञ्चको अभावमा उनीहरु विगत १० दिनदेखि जिल्लामा बढेको कठ्याङ्ग्रिँदो जाडोमा चिसो भुइँमा बसेर पढ्न बाध्य रहेका देखिन्छन् । 

चिसोले तराईका कतिपय जिल्लाका विद्यालय बन्द भइसकेका छन् । तर महोत्तरीका सो विद्यायलका सयौँ बालबालिका भने टिनले छाएको छानोमा चिसो भुइँमा बसेर राज्यले खोजे जस्तै नागरिक बन्ने प्रयासमा निरन्तर अध्ययनमा लागेका छन् । 

सयौँ बालबालिका अध्ययनरत सो विद्यालयमा टेबल र बेञ्च नभएपछि बालबालिका आ–आफ्ना घरबाट नै बोरा बोकेर विद्यालय धाउने गरेका छन् । 

आवश्यक फर्निचरको अभावमा घरबाटै ल्याएको बोरामा बसेर पढ्न विवश विद्यार्थी चिसो भुइँमा बसेर अध्ययन गर्नुपर्दा आफूहरुलाई रुघाखोकी लाग्ने, ज्वरो आउने र अन्य शारीरिक समस्या हुने गरेको बालबालिकाको गुनासो छ । 

चिसोले त्यसै त बालबालिकालाई सोझै असर पार्ने गर्छ । त्यसमाथि विद्यार्थी भुइँमै बसेर पढ्नुपर्ने बाध्यता र केही दिनदेखि तराईमा बढेको चिसोका कारण विद्यालयमा विद्यार्थी पनि घट्दै जान थालेको विद्यालयका शिक्षकको भनाइ छ । 

आर्थिक अभाव, सरकारको बेवास्ता तथा विद्यालय व्यवस्थापन समितिको लापर्बाहीका कारणले गर्दा बालबालिका अध्यारो छाप्रोमा चिसोमै भुइँमै बसेर अध्ययन गर्न बाध्य रहेको स्थानीय सर्वसाधारणको गुनासो रहेको छ । 

जिल्ला शिक्षा कार्यालय महोत्तरीले वर्षेनी सो विद्यालयमा भौतिक निर्माणका लागि बजेट निकासा गरे पनि विद्यालय समितिले सो विद्यालयमा हालसम्म बेञ्च टेबुलको व्यवस्था नगरेका कारण विद्यार्थी आफू बस्नका लागि बोरा र गुन्द्री बिहान ल्याउने र साँझ घरमा लग्ने गरेका छन् । 

सो विद्यालयमा विद्यार्थी भुइँमा बसेर पढ्दै गरेकाबारे जिल्ला शिक्षा अधिकारी ठुलोबाबु दाहाललाई जानकारी गराउँदा उहाँले विद्यालयमा भौतिक पूर्वाधारका लागि गएको बजेटबारे छानविन गरिने बताउनुभयो । 

महोत्तरीको महोत्तरी गाउँपालिका– ४ मा रहेको लक्ष्मीनारायण माध्यमिक विद्यालय त एउटा प्रतिनिधि उदाहरण मात्र हो । यस जिल्लाका अन्य कैयौँ ग्रामीण भेगका बालबालिका पनि यसैगरी फर्निचरबिनाको चिसो भुइँमा पढ्न बाध्य छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा