2026-09-07 07:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

लालीगुराँस गोल्ड कपको तयारी पुरा

प्रकाश धौलाकोटी, बैशाख १०, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित बसन्तपुर बजारमा शनिबारबाट सुरु हुने दोस्रो लालीगुराँस गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिताकालागि खेलमैदान व्यवस्थापन, प्रचार प्रसार लगायत सम्पुर्ण काम सकिएको आयोजक पाथीभरा युवा सामुदायिक क्लबका अध्यक्ष मिलन थापाले जानकारी दिनुभयो ।

game

 

लालीगुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्धार बसन्तपुरमा यहाँको पर्यटन प्रवर्धन र पहाडी क्षेत्रको खेलकुद विकासकालागि सन्चालन हुन लागेको गोल्ड कपको यो संस्करणमा काठमाडौँ सहित पुर्वाञ्चलका चर्चित आठ टिम सहभागी हुँदैछन् । प्रतियोगिताको उद्घाटन खेल शनिबार दिउँसो दुई बजे संखुवासभा जिल्ला फुटबल संघ र जनजागृति युवा क्लब हिले धनकुटाबीच हुनेछ ।
वि.स. २०५६ सालबाट सुरु भएपनि निरन्तर सन्चालन हुन नसकेको प्रतियोगिताको निरन्तरता स्वरुप स्थानीय युवाहरुको अगुवाईमा यसवर्षबाट पुनः लालीगुराँस गोल्डकप सन्चालन हुन लागेको हो । प्रतियोगितामा आयोजक पाथीभरा सामुदायिक युवा क्लबसहित दोर्जे गियर प्रालि, काठमाडौँ, संखुवासभा फुटबल संघ, मोरङको बेलबारी फुटबल क्लब, धनकुटाको जनजागृति युवा क्लब, हिले र सिंहदेवी युवा क्लब, सिधुवा, मोरङकै टीडब्लुवाईसी विराटनगर र तेह्रथुमको म्याङ्गलुङ नगरपालिका सहभागी हुने क्लबका महासचिव विजय सोदेम्बाले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तर्गतको दोस्रो खेल बैशाख १२ गते म्याङलुङ्ग नगरपालिका, तेह्रथुम र दोर्जे गियर प्रालि, काठमाडौँ, तेस्रो खेल बैशाख १३ गते आयोजक पाथीभरा सामुदायिक युवा क्लब बसन्तपुर र टीडब्लुवाईसी विराटनगर तथा चौथौ खेल बैशाख १४ गते सिंहदेवी युवा क्लब धनबुटा र बेलबारी फुटबल क्लब मोरङ बीच हुनेछ । बैशाख १५ गते सेमीफाइनल चरणका दुई खेल हुनेछन् भने प्रतियोगिताको उपाधिकालागि बैशाख १७ गते फाइनल खेल हुने आयोजकले जनाएको छ ।

यसअघि लालीगुराँस संरक्षण व्यवस्थापन समितिले थालेको जिल्लाकै सर्वाधिक राशीको प्रतियोगिताको विजेताले १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कपसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका महासचिव सोदेम्बाले बताउनुभयो ।

खासगरी यहाँको गुराँसे बनको संरक्षण सम्बन्धी सचेतना बढाउने र पर्यटन प्रवर्धन गराउने उदेश्यले गोल्ड कप सन्चालन गर्न लागिएको क्लबका अध्यक्ष थापाले बताउनुभयो । गोल्ड कपको निरन्तरताले पर्यटकीय क्षेत्रहरु तीनजुरे मिल्के जलजले, आरआर गार्डेन, पाँच पोखरी, गुफापोखरी, मेन्छ्यायेम डाँडा, पाथीभरा लगायत क्षेत्रको पर्यटन प्रवर्धनकालागि महत्वपुर्ण योगदान गर्ने राष्टिय लालीगुराँस संरक्षण व्यवस्थापन समितिका महासचिव लक्ष्मण तिवारीले बताउनुभयो । आजभोलि यो क्षेत्रमा गुराँस फुलेर राताम्मे भएको छ । गोल्ड कपको अवधिभर ५० हजार बढी आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन हुने र डेढ करोड बढीको कारोवार हुने आकलन आयोजकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित