१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

शून्यबिन्दुबाट सडक निर्माण गर्नुपर्ने माग राख्दै नारा जूलुससहित चैनपुर बजार बन्द

१२ पुष २०७४, बुधबार ०७:३०

सम्राट सिंह/पुस १२, बझाङ । चैनपुर बजारका व्यापारीहरुले शून्य बिन्दुबाट सडक निर्माण गर्नुपर्ने माग राख्दै नारा जुलुस सहित बजार बन्द गरेका छन । 

जयपृथ्वी नगरपालिकाले शुन्य बिन्दुबाट सडक निर्माण नगरी जथाभाबी टिनका पसलमा डोजर लगाएपछि व्यापारीहरुले आन्दोलित भएर नारा जूलुस सहित चैनपुर बजार बन्द गरेका हुन ।


आज चैनपुरका व्यापारीहरुले शुन्यबिन्दुबाट सडक निर्माण गर्न तथा विद्युत, खानेपानी जस्ता विकासका पूर्वाधारहरुको व्यवस्थापन गर भन्दै नारा जूलुस गरेका थिए । 

नगरपालिकाले मापदण्ड नबनाएर सिधै टिनका पसलहरुमा डोजर प्रयोग गरी चैनपुरका धेरै पसलहरुमा भत्काएपछि व्यापारीहरु आन्दोलित भएको स्थानिय व्यापारी नरेन्द्र खडकाले बताए । 

जयपृथ्वी नगरपालिकाको सडक फराकिलो पार्ने काम सरानिय भएको तर मापदण्ड बनाएर नगरपालिकाले शुन्य बिन्दुबाट कच्चि तथा पक्की घर सबै फालेर सडक फराकिलो पार्नुपर्ने उनको भनाइ छ । 

जयपृथ्वी नगरपालिकाले नगरलाई स्वच्छ, सुन्दर, हराभरा तथा सडक फराकिलो पार्ने कामको चैनपुरबासीहरुले स्वागत गरेका छन तर सडकमा परेका पक्की घर बचाउने र सडक भन्दा टाढा रहेका टिनका पसलहरु मात्र हटाउने कामको बिरोध गरेका हुन । 

यसरी चैनपुरका व्यापारीहरुले नगरपालिकाले मापदण्ड अनुसार शून्य बिन्दुबाट सडक निर्माण गर्दा सडकमा परेका सम्पूर्ण टिनका पसलहरु हटाउने समझदारी समेत गरेका छन । व्यापारीको एउटै माग रहेको छ शुन्य बिन्दुबाट  मापदण्ड अनुसार सडक निर्माण गरियोस । 

भर्खरै हामीले भोट दिएर विजयी बनाएका जनप्रतिनिधीहरुले नै हाम्रो गुजारा खोस्न लागेको चैनपुरका व्यापारी लोकेन्द्र खडकाले बताए ।

जनप्रतिनिधिको सडक फराकिलो बनाउने काम अति राम्रो भएको तर बलियाका घर बचाउने कमजोरका टिनका टहरामा डोजर लगाइ गरीबको उठिबास गर्ने काम नराम्रो भएको उनको भनाइ छ ।  

चैनपुरका व्यापारीहरुले आजै नगरपालिकालाई मापदण्डमा रहेर सडक निर्माण गराउन ज्ञानेन्द्र बहादुर सिंहको संयोजकत्वमा २१ सदस्यीय सङघर्ष समिति गठन गरेको छ । मापदण्डमा रहेर सडकको दाँयाबायाँ बराबर जमिन लिएर सडक निर्माण गराउने सङघर्ष समितिको मुख्य काम हुनेछ ।  

नगरपालिकाले यसरी सिधै डोजर प्रयोग गर्दा सानो लगानीमा व्यवसाय गरीरहेका व्यापारीहरु विस्थापित हुने भएका छन । चैनपुर बजारमा नगरपालिकाले भनेअनुसार ७ मिटरको सडक निर्माण गरे चैनपुर बजारका झण्डै ५०/६० घर भत्काउनुपर्ने अवस्था रहेको छ ।

यता जयपृथ्वी नगरपालिकाका उपमेयर जुना जाग्रीले बजार अव्यवस्थित भएकाले बजारमा रहेका टिनका पसलहरुमा डोजर प्रयोग गरेको बताए । उनले भने चैनपुर बजारमा रहेका सडकमा परेका सम्पूर्ण घरहरु समेत हटाइ सुन्दर बजार बनाउन पहल गर्ने उनको भनाइ छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित