२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङका कलाकारहरुले जनप्रतिनिधि समक्ष बुझायो तीन बुँदे आव्हानपत्र

१२ पुष २०७४, बुधबार १३:०६

चिसाङ शेर्पा/पुस १२, खोटाङ । खोटाङगे नब कलाकार तथा स्थापित राष्ट्रिय कलाकारहरुले निर्वाचित जनप्रतिनिधिहरुलाई तीन बुँधे आव्हानपत्र बुझाएको छ । 

खोटाङ जिल्लाबाट प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बिजयी जनप्रतिनिधि बिशाल भट्टराई, राजन राई र राम कुमार राईलाई बधाई तथा अन्तरक्रियामा जिल्लाको कला, संस्कृती, संगीत र साहित्य प्रबद्र्धनमा ध्यानाकार्षण गराउँन तीन बुँदे आव्हानपत्र दिईएको हो ।  

खोटाङगे कलाकारहरु निर्वाचित जनप्रतिनिधिहरुलाई तीन बुँदे आव्हानपत्र दिंदै । तस्विर सौजन्य: प्रकाश पुरी

काठमाण्डौस्थित मैतीदेबीमा रहेको कान्तिपुर फिल्म एकेडेमीमा खोटाङगे कलाकारहरुको जम्बो टोलीले जिल्लामा हरेक बर्ष राष्ट्रियस्तरको महोत्सव हुनुपर्ने, खोटाङ हलेसी महोत्सव हुनुपर्ने, एकवटा सांस्कृतिक भवन निर्माण गरीनुपर्ने तथा जिल्लामा संग्राहलय, स्रष्टाहरुको प्रतिमा र मौलिक होमस्टेसहितको नमुना गाउँ निर्माण गरीनुपर्ने मागसहित संयुक्त हस्ताक्षरित आव्हानपत्र थमाएको छ ।

जनप्रतिनिधिलाई कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरी, कलाकार नवल खड्का, महेश खड्का, खगेन्द्र राईले तीन बुँधे माग–पत्र बुझाएका हुन् । दुई दर्जनबढी खोटाङगे कलाकारको उपस्थितीमा भएको बधाई तथा अन्तरक्रिया कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुले जिल्लाबासी राष्ट्रिय कलाकार र संर्घषशिल कलाकारहरुको जायज मागलाई पुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा खोटाङका ९२ वर्षिय राष्ट्रिय कलाकार भिम बहादुर थापा, लक्ष्मी गिरी, खगेन्द्र राइ, नवल खड्का, महेश खड्कासहित रेवत राई, सचीन राई, उल्सन श्रेष्ठ, बवीना किराती, योगीन राई, बिकास संगम राई लगायतका कलाकारहरुको उपस्थिती रहेको थियो । 

बधाई तथा अन्तरक्रिया कार्यक्रममा नेपाल आईडलका टप ८ प्रर्तिस्पर्धी उल्सन श्रेष्ठले खोटाङगे कलाकारहरुको यस्तो जमघट पहिलो भएको बताएका छन् । बेलाबेलामा जमघट र अन्तरक्रिया भए खोटाङगे कलाकारहरुको कलाकारिता फराकिलो हुने श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो