२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

६ दिनपछि म्यादी प्रहरी विवेकको अन्त्यष्टि

२०७४, १२ पुष बुधबार १५:४०

पुस १२, कालीकोट । प्रहरीको गोली लागेर मारिएका म्यादी प्रहरी विवेक ऐडिको ६ दिनपछि बुधबार अन्त्यिष्टि गरिएको छ । 

शुक्रबार प्रहरीको गोली लागेर ज्यान गुमाएका म्यादी प्रहरी ऐडिको बुधबार कालीकोटको शान्तिघाटमा अन्त्यष्टि गरिएको हो । मंगलबार मृतकका आफन्तहरुले जिल्ला अस्पताल कालिकोटमा पोष्टमार्टम पछि शव बुझेर शान्तिघाट लिएपछि बुधबार परम्परागत अनुसार अन्त्यष्टि गरिएको हो ।

म्यादी प्रहरीले ज्याला कम भएको भन्दै गरेको आन्दोलनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका विवेक ऐडीको घटनाको छानबिनमा आएको उच्च स्तरीय छानविन समिति पनि बुधबार काठ्माण्डौ फर्किएको छ । 

गृह मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा गठित समितिले कालिकोट आएर मृतकका आफन्त, विभिन्न सरोकारवालाहरु, स्थानीयबासीसँग बुभ्mनुका साथै घटनास्थलको स्थलगत निरीक्षण गरि काठ्माण्डौ फर्किएको हो ।

गृह मन्त्रालयका सहसचिव मानबहादुर बिश्वकर्मा संयोजक, नेपाल प्रहरीका डिआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआईजी प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका डिआईजी लक्ष्मण गुरुङ रहेको टोलीले म्यादी प्रहरीले पाएको सेवा सुविधाको छानविनका साथै घटनाका अन्य तथ्याङ्कहरु संकलन गरेको छ । उच्च स्तरीय छानविन समितिका संयोक बिश्वकर्माले घटनाको छानविनमा कुनै कसुर बाँकी नराख्ने बताए ।

काठमाण्डौ फर्किनु अघि पत्रकारसँग कुरा गर्दै उनले आफुहरुले घटनाका सबै तथ्यहरु संकलन गरी लगेको र पीडितका मागहरुलाई सम्बोधन गर्न लाशको पोष्टमार्टम रिपोर्ट लगायतका प्रमाणका आधारमा गृहमा सिफारिस गर्ने जानकारी दिए । उनले छानविनका क्रममा म्यादी प्रहरीको सेवा सुविधामा कुनै अनियमितता नभएको पाईएको बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते