२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

जलविद्युतको लगानीले गरिवी घटाउने विश्वास

२०७४, १२ पुष बुधबार १५:४२

पुस १२, कालिकोट । जिल्लाको समृद्धिको आधारका रुपमा जलविद्युतलाई लिन थालिएको छ । जिल्लामा हुम्ला कर्णाली र तिला कर्णाली लगायतका साना ठुला गरेर २ हजारभन्दा बढी मेगावाट विद्युत उत्पादन गर्न सक्ने खोलाहरुका कारणले जिल्लाको समृद्धिको आधारका रुपमा जलविद्युतलाई लिन थालिएको हो ।

जलविद्युतको क्षेत्रमा अहिले अध्ययन गरिएका केहीको काम अगाडी बढाईका जलविद्युत्का योजनाहरुलाई हेर्ने हो भने जिल्लामा ४२० मेगावाटको तिला–१, ४४० मेगावाटको तिला–२, निर्माण प्रक्रियामा अगाडी बढेका छन् भने, १६ मेगावाटको पादमघाट जलविद्युत, ४२६ मेगावाटको फुकोट कर्णालीलाई निर्माण गर्ने अनुमति उर्जा मन्त्रालयले दिईसकेको छ ।

यी सबै आयोजना बनेका १ हजार ३१२ मेगावाट बिद्युत उत्पादन क्षमता राख्दछ । जसको उत्पादनले कालिकोटको मात्र समृद्धिको आधार तयार नपारेर देशकै समृद्धिका आधारका रुपमा विकास सहयोग दिने देखिन्छ । त्यो भन्दा पनि यस जिल्लामा थुप्रै उन्य जलविद्युत आयोजना बन्ने ठाउँहरु रहेको छन् तिनीहरुको उपयोगिता हुन सकेको छैन् ।

कर्णालीकै आर्थिक विकासको आधार जल, जंगल जडिबुटी रहेकोले यहाँको विकासमा जलविद्युतको उपयोगमा नै कालिकोटको पहिलो आधार रुपमा रहेको पूर्व उर्जा मन्त्री महेन्द्रबहादुर शाहीले बताए । ‘कर्णाली कै आर्थिक विकासको आधार जल जंगल जडिबुटी हुन्’ उनले भने, ‘यो बिशेष गरेर कालिकोटको आर्थिक विकास आधार खोज्ने हो भने जलविद्युत नै पहिलो प्राथमिता हो ।’

नेपाल विद्युत प्राधिकरणले तिला १ र तिला २ जलविद्युत आयोजनासँग विद्युत खरिद सम्झौताको लागि समझदारी भइसकेको छ । दुई जलविद्युत आयोजनाको प्रबद्र्धक एससी कम्पनीले तीन वर्ष अघि नै विद्युत विकास विभागमा निर्माण अनुमतिको लागि आवेदन दिएको थियो । तर, विद्युत खरिद सम्झौता भइसकेको र त्यसको निर्माण प्रक्रिया अगाडी बढेमा कर्णालीको आर्थिक विकास हुने खाडाँचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले बताए ।

‘प्राधिकरण र एससी कम्पनीबीच अहिलेकै निर्देशिका अनुसार विद्युत खरिद गर्ने र २०२४ सम्ममा प्रसारण लाइनमा जोड्ने भन्ने विषयमा समझदारी भएको छ’ उनले भने, ‘यी दुवै पिकिङ रन अफ दि रिभर आयोजना हुन् । पिकिङ रन अफ दि रिभर को मापदण्ड अनुसार नै यसको पिपिए भएको छ ।’ ४२० मेगावाटको तीला–१ परियोजनाबाट कालिकोट जिल्लाका तिलागुफा नगरपालिका, कालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका प्रभावित क्षेत्र हुने र तिला दुईमा यिनै क्षेत्र प्रभावित हुने विद्युत निर्माण प्रबद्र्धक कम्पनी एसी पावर आयोजना प्राविधिक दर्बबहादुर शाहीले बताए ।

त्यस्तै फुकोट कर्णाली आयोजना कम्पनीले जिम्मा लिएको छ । यो आयोजनाको क्षमता ४२६ मेगावाट छ । आयोजनाको लागत करिब  ६१ अर्ब ८६ करोड अनुमान गरिएको छ । यो आयोजना बनेका कर्णाली क्षेत्रमा बिद्युत निकै फ्ड्को मार्ने स्थानीयको बुझाई रहेको छ । कालिकोटमा बिद्युत क्षेत्रमा मात्रै विकास गर्ने हो हजारौं रोजगारी, विद्युतमा लगानी अबसर पाउने जिल्ला समन्वय समितिका कालिकोटका प्रमुख अनिपाल शाहीले बताए ।

जलबिद्युत आयोजनामा स्थानीय सेयर लगाएतका रोजगारीको अवसर जुट्ने कारणले यहाँको स्थानीयबासी निकै उत्साहित भएका स्थानीय रामबहादुर रावतले बताए । ‘हामी राजगारीका लागि कालापहाड जानुपर्ने बाध्यता रहेको छ ।’ उनले भने,‘त्यसका अन्त्यका लागि जलबिद्युतका आयोजना बन्दैछन् भन्ने सुनेका छौं । तर, कहिले बन्छन् थाहा छैन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला