४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

सांसद यज्ञराजले भने : ‘सिरीसे पुल नबनाउने ठेकेदारलाई छाडिन्न’

१३ पुष २०७४, बिहीबार १०:५४

पूर्णप्रसाद न्यौपाने,ओखलढुंगा । ओखलढुंगाको टारकेराबारी र रामेछापको सिरिसे जोड्ने लिखुनदीमा निर्माणाधिन अधुरो पुल निर्माण तत्काल अघि बढाउने सांसदहरुले प्रतिवद्धता जनाएका छन् । ओखलढुंगा र रामेछाप दुवै जिल्लाका प्रतिनिधि तथा प्रदेशसभाका सांसदहरुले तत्काल काम अघि बढाएर समयमै पुल निर्माण सम्पन्न गराउने प्रतिवद्धता जनाएका हुन् । 


अब तत्काल सिरिसे पुल निर्माणको कामलाई तिव्र रुपमा अघि बढाएर समयमै सम्पन्न गराउने ओखलढुंगाका प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवारले बताउनुभयो ‘सपथग्रहण पर्खिएर बस्दिनँ,भोली नै शिरिसे पुल निर्माणका लागि ताकेता गर्न अघि बढ्छु ।’ ०७० सालमा निर्वाचित भए पश्चात आफुहरुले सुनकोशीमा १४ वर्ष सम्म निर्माण सम्पन्न नभएको पुल सम्पन्न गराएको स्मरण गर्दै सुनुवारले भन्नुभयो ‘कुनै पनि नाम र बहानामा विकासको कामलाई ढिला सुस्ती हुन दिन्न,सुनकोशीमा १४ वर्ष सम्म नबनेको पुल पहिलो कार्यकालको सुरुवातमा सम्पन्न गराईयो अब यो पटक सिरिसे पुल सम्पन्न गराउन लाग्छु, विकासमा ढिला सुस्ती गर्ने ठेकेदारलाई छाड्दिन ।’

रामेछापका प्रतिनिधिसभा सदस्य सांसद श्याम कुमार श्रेष्ठले पनि सिरिसे पुल निर्माण सम्पन्न गराउन पहल गर्ने बताउँदै काम गर्न नसके ठेक्का छाड्न ठेकेदारलाई चेतावनी दिनुभयो । ‘ठेकेदारले तत्काल काम सुरु गर्नुपर्छ,काम गर्न नसके ठेक्का छोड्दिनु अर्को सक्नेले गर्छ ।’ विकासका काममा ढिला सुस्ती गर्ने ठेकेदारको कडा आलोचना गर्दै ओखलढुंगाका प्रदेश सांसद मोहन खड्काले भने ‘ ठेकेदारलाई खोलामा हालेर होईन काम अगाडि बढाएर काम पुरा गर्न लगाउने जिम्मा हाम्रो भयो ।’ रामेछापका प्रदेश सांसद शान्ती प्रसाद पौडेलले समयमा पुलनिर्माण सम्पन्न नभए ठेकेदार कम्पनीको लाईसेन्स खारेज हुने बताउनुभयो । ‘काम तत्काल नसके क्षमा हुने छैन,कम्पनीको लाईसेन्स नै खारेज गर्न म प्रस्ताव गर्छुु ।’ जनताको आशा अनुसार विकास निर्माणका काममा दृढता पुर्वक अघि बढ्ने र ढिला सुस्ती रोक्ने दुवै जिल्लाका सांसदले प्रतिवद्धता जनाएका छन् । 

दुई वर्षमा पुल निर्माण सक्ने गरि सम्झौता गरेर २०६८ सालमा काम सुरु गरिएको सिरीसे पुल निर्माणको काम आधा पनि भएको छैन । निर्माण सुरु भएको ६ वर्षमा पुलको जग मात्रै उठेको छ । स्टिल ट्रसको काम र पुलसम्म पुग्ने सडकको निर्माणको प्रारम्भिक चरणको काम पनि बाँकी नै छ । 


निर्माण कार्यमा ढिलाइ भएपछि ओखलढुंगाका नागरिक बेचैन छन् । किन बनेन हाम्रो पुल ? भन्दै त्यस क्षेत्रका नागरिकले खबरदारी गरेपछि ओखलढुंगाका सांसद यज्ञराज  सुनुवारले सरकारका कुन निकायमा पुगेर के गर्नुपर्छ त्यसमा आफु खट्ने र यहि हिउँदमा पुल निर्माण सम्पन्न गराउन लागि पर्ने आश्वासन दिनुभएको छ । 

२ वर्षमा काम सक्नेगरि ६० मिटर लामो उक्त पुल बनाउन कन्काइ ओमबुद्ध जेभि नामको कम्पनीसँग २०६८ सालमा ५ करोड ८६ लाखमा सम्झौता भएको थियो । काम अघि नबढेपनि कमिसनको चक्करमा सरकारले सम्झौता भने थपिरहेको स्थानीयको आरोप छ । 

रामेछाप र ओखलढुंगाको सीमामा पर्ने लिखुनदीमा निर्माणाधिन पुल अधुरो भएपछि ओखलढुंगाका नागरिक सास्ती बेहोर्न बाध्य छन् । हिउँदमा लिखुमा हेलिएर बस गाम्नाङटारसम्म पुग्छ । बस चढ्न बानी लागेका स्थानीय त्यही पुल नहुँदा वर्षायाममा रामेछापको धोवीसम्म पैदल हिड्न गर्न बाध्य हुन्छन् । बिरामी अस्पतालसम्म लैजान, बालबालिका र वृद्धवृद्धाको ओहोर दोहोरको पीडा सुनिसक्नुको छैन । ढुवानी समस्याले भूकम्प पछिको पुननिर्माणमा समेत त्यस क्षेत्रमा अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ