२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मानव बेचविखन रोकथाम सम्वन्धी २ दिने अभिमुखिकरण तालिम सम्पन्न

२०७४, १४ पुष शुक्रबार ०९:०७

विमल धामी/पुस १४, कञ्चनपुर । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम शुक्रवार महेन्द्रनगरमा सम्पन्न भएको छ ।

 मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्वन्धि कञ्चनपुरका बेल्डाँडी, पुर्नवास र माहाकाली नगरपालिकाका स्थानीय मानव बेचबिखन नियन्त्रण समितिका सदस्यहरुलाई तालिम दिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी गराउनु भयो । 

उनका अनुसार पछिल्लो समयमा दलालहरुले खुल्ला नाकाहरु प्रयोग गर्न सक्ने भन्दै सिमा क्षेत्रका स्थानीय लाई तालिम दिईएको जानकारी गराउनु भयो । समाजमा हुने अपराधीक कृयाकलाप तथा नियत हिन ओसारपसार लाई रोक्न अभिमुखीकरण गराईएको हो । 


कार्यक्रममा सहभागी बेल्डाँडीकी सरस्वती शाहीले भने “ यो तालिमले हामीलाई ओसारपसार नियन्त्रणमा ठुलो ऊर्जा मिलेको र आफ्नो क्षेत्रमा तामिल बाट सिकेका कुरा कडाईका साथ लागु गर्ने बताउनु भयो ।” 

बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाले भने “हाम्रो क्षेत्र खुल्ला नाका भएको क्षेत्र हो त्यहाँ बाट ओसारपसार नियन्त्रण गर्न आफुले समितिलाई गर्नुपर्ने सहयोगमा आफु कठिबद्ध रहने जनाउनु भयो ।” सहभागीहरुले यस्ता जनचेताना मुलक कार्यक्रमा धेरै भन्दा धेरै ल्याउनु पर्ने माग समेत गरेका  थिए ।

माइती नेपाल कञ्चनपुरको आयोजनामा भएको कार्यक्रममा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइराला, अधिवक्ता खेमराज भट्ट, अधिवक्ता भगिरथ जोशी, पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष बिष्णु अवस्थी, महिला तथा वालवालिका कार्यालय महेन्द्रनगरकी अधिकृत जयन्ती गिरी, माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्ट लगायत प्रशिक्षकहरुले तालिम दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी