३० कार्तिक २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मानव बेचविखन रोकथाम सम्वन्धी २ दिने अभिमुखिकरण तालिम सम्पन्न

१४ पुष २०७४, शुक्रबार ०९:०७

विमल धामी/पुस १४, कञ्चनपुर । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम शुक्रवार महेन्द्रनगरमा सम्पन्न भएको छ ।

 मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्वन्धि कञ्चनपुरका बेल्डाँडी, पुर्नवास र माहाकाली नगरपालिकाका स्थानीय मानव बेचबिखन नियन्त्रण समितिका सदस्यहरुलाई तालिम दिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी गराउनु भयो । 

उनका अनुसार पछिल्लो समयमा दलालहरुले खुल्ला नाकाहरु प्रयोग गर्न सक्ने भन्दै सिमा क्षेत्रका स्थानीय लाई तालिम दिईएको जानकारी गराउनु भयो । समाजमा हुने अपराधीक कृयाकलाप तथा नियत हिन ओसारपसार लाई रोक्न अभिमुखीकरण गराईएको हो । 


कार्यक्रममा सहभागी बेल्डाँडीकी सरस्वती शाहीले भने “ यो तालिमले हामीलाई ओसारपसार नियन्त्रणमा ठुलो ऊर्जा मिलेको र आफ्नो क्षेत्रमा तामिल बाट सिकेका कुरा कडाईका साथ लागु गर्ने बताउनु भयो ।” 

बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाले भने “हाम्रो क्षेत्र खुल्ला नाका भएको क्षेत्र हो त्यहाँ बाट ओसारपसार नियन्त्रण गर्न आफुले समितिलाई गर्नुपर्ने सहयोगमा आफु कठिबद्ध रहने जनाउनु भयो ।” सहभागीहरुले यस्ता जनचेताना मुलक कार्यक्रमा धेरै भन्दा धेरै ल्याउनु पर्ने माग समेत गरेका  थिए ।

माइती नेपाल कञ्चनपुरको आयोजनामा भएको कार्यक्रममा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइराला, अधिवक्ता खेमराज भट्ट, अधिवक्ता भगिरथ जोशी, पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष बिष्णु अवस्थी, महिला तथा वालवालिका कार्यालय महेन्द्रनगरकी अधिकृत जयन्ती गिरी, माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्ट लगायत प्रशिक्षकहरुले तालिम दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक पक्राउ सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार भ्रामक सम्पादन प्रकरणमा बिबिसीको ट्रम्पसमक्ष माफी, क्षतिपूर्ति दाबी अस्वीकार हसिना मुद्दाको विरोधमा अवामी लिगद्वारा आह्वान गरिएको ‘लकडाउन’ ले बङ्गलादेश ठप्प बालबालिकाको निःशुल्क मुटु परीक्षण प्रधानमन्त्री कार्कीद्वारा मतदाता नामावली दर्ताको समय थप्न आग्रह निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता गृहमन्त्री अर्याल र नेपालका लागि बेलायती राजदूतबीच शिष्टाचार भेट संसद् पुनस्र्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे स्वास्थ्य क्षेत्र सुधार्न मन्त्री डा गौतमको दुईमहिने कार्ययोजना बिहार राज्य चुनावमा प्रधानमन्त्री मोदीको गठबन्धन अगाडि विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी किएभमा ‘ठूलो’ रूसी आक्रमण, एकको मृत्यु, दर्जनौँ घाइते कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह पार्टी दर्ताबारे कुनै भ्रममा नपर्न संयोजक दाहालको आग्रह प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छः सञ्चारमन्त्री सुनचाँदीको मूल्यमा सामान्य गिरावट