पढ्न करिब 1 मिनेट लाग्छ
<p>पुस १४, पाल्पा । भीरबाट लडेर पूर्वखोला गाउँपालिका–१ ढाकेबाँसका ६३ वर्षीय जसबहादुर गाहको घटनास्थलमा मृत्यु भएको छ । <br></p><p>सोही गाउँका ५२ वर्षीय मानबहादुर सूर्यवंशी लडेर घाइते भएकामा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै जना पूर्वखोला गाउँपालिका–१ ढाकेबाँसमा घर बनाउनका लागि काठ काट्न जाँदा आज चिप्लेर लडेका हुन् । </p><p>उनीहरु घटनास्थलबाट १०० मि तल खसेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । रासस</p>

