२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ पुर्ण खोप शुनिश्चितता जिल्ला घोषणा

२०७४, १४ पुष शुक्रबार १३:१९

चिसाङ शेर्पा | पुस १४, खोटाङ | खोटाङलाई पुर्ण खोप शुनिश्चितता जिल्ला घोषणा गरीएको छ । जिल्लाका सम्पुर्ण वडा, गाउँपालिका र नगरपालिमा १२ महिनादेखि २३ महिना पुगेका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले शुक्रबार खोटाङलाई पुर्ण खोेप सुनिश्चितता जिल्लाको रुपमा घोषणा गरेका हुन् ।

खोटाङलाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने उद्देश्यले २०७१ चैत्र १८ गते दिप्रुङ गाउँपालिकाको डाडाँगाउ ओख्रे गाविसबाट शुरु भएको अभियानले २०७४ असार २६ गते रुपाकोट मझुवागढी नगरपालिकाको १ देखी ५ सम्मका वडालाई पुर्ण खोप सुनिश्चित गरेसंगै जिल्ला पुर्ण खोपयुक्त जिल्ला भएको छ । 


१२ महिनासम्मका ४ हजार १ सय २० जना र १२ महिनादेखि २३ महिनाको ४ हजार १ सय ८६ बालबच्चाले सबै किसिमका खोपको मात्रा पूरा गरेको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताए ।

पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा कार्यक्रमकैबीचमा १५ वटा वडा रहेको रुपाकोट मझुवागढी नगरपालिकाका १२ स्वास्थ्यचौकी र दुई वटा शहरी स्व ास्थ्य केन्द्र नगरपालिकालाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य चौकी बाम्राङ, खाल्ले, लफ्याङ, नेर्पा, चिउरीडाडाँ, निर्मलीडाडाँ, पाथेका, खार्मी, जालपा, नुनथला, बुईपा, बिजयखर्क तथा शहरी स्वास्थ्य केन्द्र खानीडाडाँ र शहरी स्वास्थ्य केन्द्र सोल्मा रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा