२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ पुर्ण खोप शुनिश्चितता जिल्ला घोषणा

१४ पुष २०७४, शुक्रबार १३:१९

चिसाङ शेर्पा | पुस १४, खोटाङ | खोटाङलाई पुर्ण खोप शुनिश्चितता जिल्ला घोषणा गरीएको छ । जिल्लाका सम्पुर्ण वडा, गाउँपालिका र नगरपालिमा १२ महिनादेखि २३ महिना पुगेका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले शुक्रबार खोटाङलाई पुर्ण खोेप सुनिश्चितता जिल्लाको रुपमा घोषणा गरेका हुन् ।

खोटाङलाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने उद्देश्यले २०७१ चैत्र १८ गते दिप्रुङ गाउँपालिकाको डाडाँगाउ ओख्रे गाविसबाट शुरु भएको अभियानले २०७४ असार २६ गते रुपाकोट मझुवागढी नगरपालिकाको १ देखी ५ सम्मका वडालाई पुर्ण खोप सुनिश्चित गरेसंगै जिल्ला पुर्ण खोपयुक्त जिल्ला भएको छ । 


१२ महिनासम्मका ४ हजार १ सय २० जना र १२ महिनादेखि २३ महिनाको ४ हजार १ सय ८६ बालबच्चाले सबै किसिमका खोपको मात्रा पूरा गरेको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताए ।

पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा कार्यक्रमकैबीचमा १५ वटा वडा रहेको रुपाकोट मझुवागढी नगरपालिकाका १२ स्वास्थ्यचौकी र दुई वटा शहरी स्व ास्थ्य केन्द्र नगरपालिकालाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य चौकी बाम्राङ, खाल्ले, लफ्याङ, नेर्पा, चिउरीडाडाँ, निर्मलीडाडाँ, पाथेका, खार्मी, जालपा, नुनथला, बुईपा, बिजयखर्क तथा शहरी स्वास्थ्य केन्द्र खानीडाडाँ र शहरी स्वास्थ्य केन्द्र सोल्मा रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो