2026-09-15 10:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एकिकृत अखिल नेपाल शिक्षक संगठनको नगर/गाँउ सम्मेलन समपन्न

भास्कर के.सी | पुस १४, कञ्चनपुर | कञ्चनपुर जिल्लाको महाकाली पारी दोधरा चाँदनीमा एकिकृत अखिल नेपाल शिक्षक संगठनको नगर सम्मेलन सम्पन्न भएको छ । 

आज भएको सम्मेलन बाट नगर कमिटि चयन गरिएको छ । सर्वजित बुढाको अध्यक्षतामा ११ सदस्यि कमिट चयन गरिएको हो ।  वरिष्ठ उपाध्यक्षमा मोहन सिंह भाट महिला उपाध्यक्षमा गंगा रावत उपाध्यक्षमा भक्त बहादुर सुनार सचिवमा नवराज अवस्थी सह सचिवमा ललित मोहन भट्ट अर्थ सचिवमा परमान्नद भट्ट सदस्यहरुमा मिना थापा र चन्द्र बहादुर रोकाया सहितको ११ सदस्य कमिटि चयन भएको छ । साथै तारासिंह रोकायाको संयोजकत्वमा ६ सदस्यि सल्लाहाकार समिति पनि गठन भएको छ । 

उक्त कार्यक्रम संगठनका जिल्लाकोषाध्यक्ष एवं महाकाली नगर इन्चार्ज धर्मानन्द जोशी को सभापतित्वमा, प्रमुख अतिथि संगठनका जिल्ला अध्यक्ष टेक बहादुर चन्द, विशिष्ट अतिथिमा माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य भरत भट्ट र संगठनका जिल्ला उपाध्यक्ष गंगा दत्त भट्ट, भिमदत्तनगर अध्यक्ष भगिरथ पाण्डेय र भिमदत्तनगर सल्लाहाकार सदस्य भिम कार्कीको आथित्यमा रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य सर्वजित बुढाले राख्नुभएको थियो कार्यक्रम सञ्चालन डम्मबर दत्त जोशी ले गर्नु भएको थियो । 

त्यसैगरी आजै बेल्डाँडी गाँउ पालिकामा पनि एकिकृत अखिल नेपाल शिक्षक संगठनको गाँउ भेला/सम्मेलन सम्पन्न गरिएको छ ।

बेल्डाडी गाउ सम्मेलनबाट पुस्कर सिंह महाराको अध्यक्षतामा ११ सदस्यि गाँउ कमिटि गठन गरिएको छ । वरिष्ठ उपाध्यक्षमा प्रकाश चन्द उपाध्यक्षमा राम प्रसाद विष्ट सचिवमा राम दत्त जोशी अर्थ सचिवमा तुलसिंह बुढा लगायतको ११ सदस्यि गाँउ कार्यसमिति चयन भएको छ तथा लोकमणी भट्टको संयोजकत्वमा ३ सदस्यि सल्लाहकार समिति गठन भएको छ । उक्त कार्यक्रम संगठनका जिल्ला उपाध्यक्ष तथा बेल्डाँडी गाँउपालिका इन्चार्ज शेर बहादुर भाटको अध्यक्षतामा, माओवादी केन्द्रका केन्द्रिय माहाधिवेशन आयोजक समिति सदस्य भुवन एस.के. को प्रमुख आतिथ्यमा र अखिल क्रान्तिकारीका  जिल्ला उपाध्यक्ष कैलाश चन्द्र गिरीको विशिष्ट आतिथ्यमा सम्मपन भएको थियो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ