२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोट जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदी राख्दा समस्या

२०७४, १४ पुष शुक्रबार १५:४६

पुस १४, कालिकोट । जिल्ला कारगारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी भएपछि समस्या भएको छ । २५ जनाको क्षमता भएको यस ‘घ’ श्रेणीको कारागारमा ४० जना कैदी, ११ जना थुनुवा रहेका छन् भने एक बालिका आश्रित गरी जम्मा ५२ जना कैदीबन्दी रहेका छन् । महिला कैदीहरु तीनजना मात्र भएकाले त्यति समस्या नभए पनि पुरुष कैदीबन्दीहरु दुई गुणा बढी भएकाले व्यवस्थापनमा समस्या आएको जेलर मोहनप्रसाद शर्माले बताए ।

‘२०३२ सालमा बनेको कारगार भवनको अति जीर्ण अवस्था भएका कारण ०७३ चैत १३ गते एकजना कैदी भागेर गएको थिए’ उनले भने, ‘क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले विभिन्न समस्या आउने गरेको छ ।’ जीर्ण अवस्थाको भवन भिडभाड गरी बस्नुपरेको तिलागुफा नगरपालिका निवासी कैदी लक्ष्मण शाहीले गुनासो पोखे । ‘खानेपानी, खेल, मनोरञ्जनका सामग्रीसमेत छैनन्’ उनले भने, ‘हामी धेरै भएका कारणले झन् समस्या रहेको छ ।’


जिल्ला कारागारमा एकजना हेल्थ असिष्टेन्टको दरबन्दी भए पनि दुई वर्ष अगाडिदेखि दरबन्दी रिक्त रहेकाले उपचार गर्नलाई समस्या हुने गरेको छ जेलर शर्माले बताए । उनले भने, ‘कैदी तथा थुनुवाहरु समान्य बिरामी हुँदा पनि उपचारको लागि जिल्ला अस्पतालमा पुर्याउनुपर्ने बाध्यता रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते