भास्कर के.सी/पुस १६, कञ्चनपुर । नेपाल सरकारले वृद्धहरु तथा एकल महिलाहरुलाई दिएको समाजिक सुरक्षा भक्ता कञ्चनपुरको एक बैंकले समयमा दिन नसक्दा एकल महिलाहरु तथा जेष्ठनागरिकहरु पिडामा परेका छन् ।

असोज ६ गते भिमदत्त नगरपालिकाले बैंकमा समाजिक सुरक्षा भत्ता पठाइसकेको तर बैंकले अहिले चार महिना वित्दा सम्म पनि वितरण गर्न नसक्दा सेवाग्राही मारमा परेका छन् ।

विहान ६ बजे घर देखि हिडेर १० बजे सम्म बैंकमा लाइन लाग्दा पनि ५० जना सम्मलाई कुपन दिने सिस्टम भएकोले आफुले पाउने सेवा सुविधा नपाएको वडा नं. ९ ब्रह्मदेवकी वर्ष ४६ कि एकल महिला नन्दा देवी नाथले बताउनु भयो बैंकले तोकेको मितिमा आउदा पनि कुपन सिस्टम भएको र बैंक कर्मचारी ढिला सुस्तीको कारण आफुहरुले दुख पाउनु परको साथै एक पटक आवत जावत गर्दा रु.२००।– खर्च बोहर्नु पर्ने नाथले बताइन् ।

उता बैंकका कञ्चनपुर शाखा प्रबन्धक कृष्ण बहादुर बोहराले ढिलो भएको स्वीर्कानु भएको छ । हामीले कार्तिक सम्ममा वितरण गरि सक्नु पर्ने थियो हाम्रो बैंक मर्जको प्रक्रियामा गएको कारण साँझा विकास बैंक बाट देवः विकास बैक लिमिटेड हुने प्रक्रियामा रहदा ढिलो भएको हो । त्यसकारण पुष ३ गते देखि बाँडन शुरु गरेको बताउनु भयो ।

साथै भिमदत्त नगरपालिकाका ९ वटा वडाहरु बाट यस बैकमा समाजिक सुरक्षा भक्ता पाउने ३५सय देखि ४ हजार जना सेवाग्राहीलाई दैनिक ५० जना भने पनि दैनिक ७५ देखि ८० जना व्यक्तिलाई सुरक्षा भक्ता दिदै आइरहेको र माघ सम्ममा भक्ता वितरण गरेर सक्ने, यो नै अन्तिम पटक भएको समेत उनले बताए ।

टाढा देखि आएका व्यक्तिलाई दुःख र झन्झन्टिलो भईरहेको छ । वृद्ध व्यक्तिलाई धेरै गाह्रो भएको आफ्नै सुरक्षा भक्ता पाउन पनि भिखारी जस्तो दुःख व्यहोनु परेका जेष्ठ नागरिक समाजका जिल्ला अध्यक्ष गंगाराम गिरीले बताउनु भयो ।

भिमदत्त नगरपालिकाका प्रवत्ता तथा वडा नं.१८ का वडा अध्यक्ष राजेन्द्र पाण्डेयले बैंकमा भिड र झन्झटिलो हुनुको साथै आउन जान समस्या भएको कारण अब उपरान्त प्रत्येक वडामा समाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि केही बैंकहरु संग सम्झौता भई सकेको छ । सबै सेवाग्राहीलाई अब उपरान्त वडामै उपलब्ध गराउने बताए ।

समाजिक सुरक्षा भत्ता समयमै नपाउँदा कञ्चनपुर जेष्ठनागरिक पिडामा