१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा प्राविधिक उत्पादनमा सहयोग गर्न यूवाहरु संगठित

१६ पुष २०७४, आईतवार १५:२४

पुस १६, कालिकोट । ‘हाम्रो गाउँपालिका हाम्रो नगरपालिका, विकसित कालिकोट हाम्रो सपना’ भन्ने मुल नाराका साथ कालिकोटबाट काठमाण्डौमा प्राविधिक क्षेत्रमा काम गर्दै आएका विद्यार्थीहरुले ‘कालिकोट टेक्निकल फर्म’ संस्था गठन गरेका छन् । 

प्राविधिक अध्ययनरत जीवन सुवेदीको अध्यक्षतामा संस्था गठन गरिएको छ । ‘एक घर एक प्राविधि’ उत्पादन गर्ने उदेश्यले गठन भएको संस्थाको वरिष्ठ उपाध्यक्षमा प्रकाशजंग शाही, उपाध्यक्षमा साधना गिरी, महासचिव प्रेम जिसी, सचिवमा एलन शाही, कोषाध्यक्ष निर्मला पुर्वे सर्वसमत चयन भएका छन् । भने सदस्यहरुमा भुपेन्द्रजंग शाही, खगेन्द्रकुमार पाण्डे, अस्मिता शाही, प्रतिभा शाही, निर्दे्शिका शाही, लक्ष्मण सुवेदी, कमल शाही, मुकेश शाही, वीरेन्द्र संज्याल, उपेन्द्र महतारा, धुव्र जैसी, ममता बम, झर्ना शाही, भुवन शाही चयन भएका छन् ।

त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा कार्यरत डाक्टर ललिजंग शाहीको परिकल्पनामा र गोकर्ण पिएचसी काठमाण्डौमा कार्यरत डा. भीष्म पोखरेलको सुझाव सल्लाह तथा गजलकार एवं महेन्द्ररत्न कलेज ताहचालमा अध्ययनरत प्रकाश बम ‘परिश्रमी’को संयोजकत्वमा कालिकोट टेक्निकल फर्म नामक प्राविधिक संस्था गठन गरेको हो । 

कालिकोटको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कालिकोट जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाबाट अध्ययन गर्नका लागि कालिकोटको युवाहरुको पहल र कालिकोटकै डाक्टरहरुको पहलमा संस्था गठन गरिएको छ ।

जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्न, विकास योजनालाई सञ्चालनमा ल्याउन, कालिकोटका प्राविधिक विद्याथीहरुलाई एकधारमा ल्याउन, प्राविधि समस्यालाई समुहमा नै समाधान गर्न र कालिकोटबाट काठमाण्डौमा प्राविधिक शिक्षा अध्ययन गर्न गएका विद्याथीहरुका लागि सहयोगी बन्न संस्थाको गठन गरिएको संस्थाका संयोजक प्रकाश बमले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक