२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा बोरा र बरियोसंग भविष्य खोज्दै बालबालिका

२०७४, १६ पुष आईतवार १५:२७

पुस १६, कालिकोट । कालिकोट जिल्लाको नरहरीनाथ गाउपालिका वडा नं. ८ निवासी गंग बिकलाई कापी कलम किन्नकै लागि भरिया बन्नु परेको छ ।

सरस्वती आभारभुत विद्यालयमा कक्षा ४ मा अध्ययनरत उनी खुलालु बजारबाट अर्कैको भारी बोकेर पैसाको जोहो गर्दै आइरहेका छन् । आफुले दिन भर भारी बोकेर कमाएको पैसाले आफुले कापि, कलम र स्कुलको खर्च चलाउने गरेको उनले बताए ।

हाम्रो मुलुकमा लेखाईमा मात्रै कानून बन्ने भएकाले कतै बालबालिकाहरु जो सार्वजनिक यातायातमा खलासी छन् त कतै बोरा बोकेर प्लाष्टिकका टुक्रा पछाडि कुदिरहेका छन् भने कोही कतै होटलमा खाना पस्कदै छन् । 

ग्राहकहरुले खाएको जुठो भाँडामा आफ्नो भविष्यको धमिलो छायाँ खोजिरहेका कैयौ बालबालिकाहरु भेटिन्छन् । के उनीहरुसम्म यो कानून र समानता पुगेको छैन त ? कनै पनि देशमा बालश्रममको अवस्था कायम हुन उक्त देश अल्पविकसित हुनुको प्रतिविम्ब पनि हो ।

जसरी देशको विकासमा सवै नागरिकको भुमिका महत्वपुर्ण हुन्छ बालबालिकाको भुमिका पनि त्यति नै महत्वपुर्ण हुन्छ । बालबालिका समाजका महत्वपुर्ण जनसंख्या हुन जो देश विकासमा आवश्यक तत्व (डाक्टर, इन्जिनियर, समाजसेवी, नेता, पाइलट‘.) बन्नका लागि निर्विकल्प उर्जा हुन वर्तमानका बालबालिका भविष्यमा समाज सेवाका प्रतिक हुन । भनिन्छ बालबालिका काँचो माटो हुन जस्तो बनायो त्यस्तै बन्ने ।

उनिहरुको पहुँच श्रममा भन्दा शिक्षामा बढाउन सक्नुपर्छ तर समाजमा यि सवै कुराको वेवास्ता गरिन्छ । अनि बालश्रमको समास्या दिनानुदिन चुलिदै गइरहेको छ । 

कापी कलम बोकेर स्कुल जाने बेलामा रसि समातेर भरिया जानु परेको बाध्यता भएको बताउँछन गंग विक । नेपालमा अहिले धेरै जसो गरिव तथा दलितहरु ठुला –ठुला साहु महाजनको जमिनमा काम गरिरहेका छन् । कठिन आर्थिक भएको कारण दयनीय जीवनयापन गर्न उनीहरु बाध्य छन् ।

राज्यको दृष्टिकोणबाट सधै पछाडि परेको विकट कर्णाली त्यहीमाथि रोग, भोक अशिक्षाले गर्दा स्कुल गएर पढुने वेलामा आफ्नो जीवनयापन गर्न कहिले भारतको गल्लि त कहिले विदेशको टन्टलापुर घाममा काम गर्नुपर्ने बाध्यता रहेको छ कर्णालीमा । यसो हुनुमा राज्यनै सवैभन्दा गैरजिम्मेवारी भएको नरहरीनाथ गाउँपालीका स्थानीय जिवन सुनारले बताए ।

गरिवीले गर्दा आफ्नो छोरा छोरीको स्कुल जाने आशाहरु सवै सपना भएको नरहरीनाथ गाउँपालिका वडा नं. ३ का प्रेम दर्जिले बताए । छिमेकिका छोराछोरी झोला बोकेर स्कुल जाँदा आफ्नो छोराछोरी रसी बोकेर भरिया गएको देख्दा संसारभरी आफु मात्रै गरिब भएको दुखेसो पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते