२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा पेट तथा कलेजो उपचार केन्द्र सञ्चालनमा

२०७४, १७ पुष सोमबार ०७:५३

पुस १७, पोखरा । ग्यास्ट्रो केयर प्राइभेट लिमिटेडले पोखराको पृथ्वी चोकमा पेट तथा कलेजो उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । 

पेट तथा कलेजोको समस्याबाट ग्रसित बिरामीलाई त्यससम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्ने र विशेषज्ञसहितका उपचार सेवाका लागि पोखरा बाहिर जानुपर्ने बाध्यतालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सेवा सञ्चालनमा ल्याएको केन्द्रका सञ्चालक डा सुवास भट्टराईले जानकारी दिनुभयो । 

उक्त केन्द्र आज उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले हामीहरूले आफ्नै स्वास्थ्यको ख्याल नगर्दा विभिन्न समस्याबाट ग्रसित बन्नुपरेको बताउनुभयो । 

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्त, युआएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त, सामुदायिक सेवा जिल्ला समन्वय समितिका संयोजक विष्णुबहादुर भट्टराई, डा मेरिना ज्ञवालीलगायतले पेट तथा कलेजोसम्बन्धी विशेषज्ञसहितको उपचार सेवाका लागि केन्द्र सफल हुने विश्वास व्यक्त गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध