४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

विजयनगर गाउँपालिकाद्धारा कम्बल वितरण

१७ पुष २०७४, सोमबार १२:३३

माधव बेल्वासे/पुस १७, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउपालिकाद्धारा निम्न स्तरका घरपरिवालाई कम्बल वितरण गरिएको छ । 

चिसो वढदै गएकोले गरिवी, दुखी ,असाहय,वृद्धवृद्धा,अपाङ्ग लगाएत गरि प्रत्येक वडामा ३० घरपरिवालाई वितरण गरिएको विजयनगर गाउपालिका का प्रशासकिय अधिकृत रविन्द्र चौधरीले जानकारी दिनुभयो ।गाउपालिका भित्र रहेका ७ वटा वडा गरी २ सय १० घरपरिवारलाई वितरण गरिएको अधिकृत चौधरीले वताउनु भयो ।


 चिसोको समयमा गरिवी दुखीको दैनिकीमा निकै कष्टकर भएको भन्दै कम्बलले केहि साहारा हुने गाउपालिका प्रमुख गोपाल वहादुर थापाले वताउनु भयो ।थापाका अनुसार गाउपालिका भित्र रहेको गरिव दुखीहरु तथा निम्न स्तरका घरपरिवारलाई वितरण गरेको वताउनुभयो ।गरिवी कारण ओढने कपडा समेत नहुदा समस्या भएको कारण गाउपालिकाकै तर्फ वाट वितरण गरिएको थापाले दावी गर्नुभयो ।

मधेशी समुदायको वाहुल्यता भएको ठाउमा धेरै समस्या देखीएको उहाले वताउनुभयो । दैनिकी रुपमा ज्यालादारी गरेर कमाएको पैसाले विहान साझ खाना सम्म नपुग्ने अवस्था रहेका व्यक्ति चिसो वाट प्रभावित वन्नु परेको थापाले वताउनु भयो ।

जिल्लाको सुदुरपश्चिम क्षेत्रमा ३ दिनको भित्र सम्पुर्ण वडाहरु वितरण गरिएको हो । करिव साढे चार लाख वरावरको कम्बलले स्थानियहरुलाई केहि राहतको महशुस हुने अधिकृत चौधरीले वताउनु भयो । 

कम्बल पाएपछि स्थानियहरु खुसी भएका छन ।विजयनगर गाउपालिका वडा न १ वस्ने अदालत कोरीले कम्बल पाएपछी खुसी व्यक्त गर्नुभएको छ । जाडोको समयमा छोरा छोरीलाई चिसो वाट वचाउन निकै मुस्कील परिरहेको बेला गाउपालिकाले कम्बल दिएकोमा उहाले धन्यवाद दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ