२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कालाकाटेको महायज्ञमा साढे दुई लाख बढी संकलन

२०७२, ११ भाद्र शुक्रबार ०७:१५

सन्तोषकुमार गुप्ता/भदौ ११, भालुवाङ ।
देउखुरीको कालाकाटेमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको पाँचौँ दिन बिहिबार सम्म ढाई लाख बढी नगद रकम संकलन भएको छ । अहिले सम्म २ लाख ४६ हजार ८ सय २२ रुपैयाँ नगद दान प्राप्त भएको छ ।

कालाकाटेको महायज्ञमा साढे दुई लाख बढी संकलन

शैक्षिक उन्नति तथा भौतिक निमार्ण सहयोगार्थ जनता उच्च माध्यमिक विद्यालय कालाकाटेमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको पाँचौ दिन बढी नगद दान प्राप्त भएको आयोजकले जनाएको छ । महायज्ञमा दिनप्रदिन भक्तजनहरुको सहभागिता संगै दान रकम संकलनमा समेत बृद्धि हुन थालेको छ ।

जनता उच्च माध्यमिक विद्यालय श्रीमद्भागवत मूल समारोह समितीको आयोजनामा शुरु भएको महायज्ञको पाँचौ दिन आयोजक विद्यालयका प्रचार्य बासुदेव बेल्बासेले २५ हजार २ सय ५१, सफल मर्रासिनी २५ हजार १ सय ११, सोही विद्यालयका पूर्व प्राचार्य कृष्णबहादुर कार्की १६ हजार १ सय ५१, अञ्चला यादव ११ हजार १ सय ११, झवि गिरी १० हजार १ सय, पवित्रा थापा १० हजार १६ रुपैयाँ, कृष्णप्रसाद सुवेदी ५ हजार १ सय ११, बहादुरकर्ण केसी ५ हजार ५, डमादेवी बस्नेत ५ हजार २०, ओमकला खनाल ३ हजार १ सय १५, बलनारायण श्रेष्ठ ३ हजार १ सय, स्तुति मर्रासिनी ३ हजार २, आसमा मर्रासिनी ३ हजार २ रुपैयाँ र अन्य दान प्राप्त गरी कुल १ लाख ५३ हजार १ सय ९९ सय दान प्राप्त भएको श्रीमद्भागवत मूल समारोह समितीका सदस्य सचिव तथा विद्यालयका प्राचार्य बासुदेव बेल्बासेले जानकारी दिए ।

 

त्यस्तै महायज्ञको चौथो दिन ६१ हजार ५ सय ९३ नगद दान रकम प्राप्त भएको प्राचार्य बेल्बासेले जानकारी दिए । बुधबार मात्रै घोषणा गरेको रकम सहित भने १ लाख बढी नै संकलन भएको बेल्बासेले जानकारी दिए । त्यस्तै बुधबार मात्रै ३ क्वीन्टल चामल र ३० लिटर तेल समेत दान भएको आयोजकले जनाएको छ ।

आईतबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको महायज्ञमा आउने दानदाता र श्रदालुभक्तजन धेरैको संख्यामा भएको भए पनि बन्द हड्तालका कारण उहाँहरु आउन नपाउँदा दान रकम संकलनमा केही कमी आएको जनता उच्च माध्यमिक विद्यालय श्रीमद्भागवत मूल समारोह समितीका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरि सुवेदीले बताउए ।

कालाकाटेको महायज्ञमा साढे दुई लाख बढी संकलन

उहाँहरुलाई यस महायज्ञ सम्म ल्याउनका लागि समेत तयारी भईरहेको सुवेदीको भनाई छ । महायज्ञमा देउखुरीका विभिन्न स्थान र छिमेकी जिल्लाहरु प्यूठान, अर्घाखाँची र कपिलबस्तु सहित अन्य जिल्लाहरुबाट आउने जानकारी पाए पनि बन्दहड्तालका कारण ल्याउन नसकिएको अध्यक्ष सुवेदीले बताए । महायज्ञको पाँचौँ दिन समेत सयौँ भक्तजनहरुको सहभागिता रहेको थियो ।

कालाकाटेको महायज्ञमा साढे दुई लाख बढी संकलन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने