१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटमा प्रदेश राजधानीको बहस

१८ पुष २०७४, मंगलवार १५:३७

पुस १८, कालीकोट । प्रदेश नं ६ को नाम र राजधानीका बिषयमा कालिकोटका सरोकारवालाबीच छलफल गरिएको छ । 

समुन्नत समाजका लागि सामुहिक प्रयासको आयोजनामा भएको छलफलमा कालिकोटका सरोकारवालाहरुले प्रदेश नं. ६ को नाममा एकमत भए पनि राजधानीका बिषयमा फरक फरक धारणा राखेका छन् ।


नेपाल बार ईकाई कालिकोटका अध्यक्ष हिक्मतबहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि प्रदेश सांसद कुर्मराज शाहीले प्रदेश नं. ६ को नाम पहिचानका आधारमा कर्णाली प्रदेश र राजधानी सामथ्र्यका आधारमा सुर्खेत हुनुपर्ने बताए । उनले आफुले बाम गठबन्धनको तर्फबाट चुनावमा जाँदा घोषणा पत्रमै यसलाई उल्लेख गरेको र जनताले पनि अनुमोदन गरेको दावी गरे ।

कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दै जिल्ला बारका अध्यक्ष हिक्मतबहादुर बिष्टले प्रदेश नं. ६ को नाम कर्णाली प्रदेश, राधानी सुर्खेत हुनु पर्ने र मौषमी राजधानी कर्णालीमा हुनुपर्ने बताए । 

कार्यक्रममा नेपाली कांग्रेसका सभापती हर्षबहादुर बम, नेकपा एमालेका उपाध्यक्ष रमेश शाही, खाँडाचक्र नगरपपालिकाका उपमेयर बिजया बिष्ट, नयाँ शक्ति नेपालका नेता लक्ष्मी भट्टराई, नेपाल पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डे लगायतले प्रदेश नं. ६ को नाम पहिचानका आधारमा कर्णाली प्रदेश र राजधानी सामथ्र्यका आधारमा सुर्खेत हुनु पर्ने धारणा राखेका छन् ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाही, राप्रपाका नेता लालबहादुर शाही, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल, नेपाल महिला संघकी केन्द्रीय सदस्य छायाँ सुनार लगायतका वक्ताहरुले प्रदेश नं. ६ को नाम पहिचानका आधारमा कर्णाली प्रदेश र राजधानी पनि कर्णालीमै हुनुपर्ने धारणा राखेका छन् । 

उनीहरुले कर्णाली बिशेष अधिकार सहितको कर्णाली प्रदेश र खस भाषाको उद्गमस्थल सिंजालाई प्रदेशको राजधानीका रुपमा बनाउनु उपयुक्त हुने तर्क गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक