२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एक लाख पुरस्कार राशीको वक्त्वकला प्रतियोगिता हुने

१८ पुष २०७४, मंगलवार १५:३९

पुस १८, सुर्खेत । सुर्खेतमा पहिलो पटक सर्वाधिक पुरस्कार राशीको वतृत्वकलात्मक प्रतियोगिता हुने भएको छ । 

प्रोफेसनल स्किल डेभलपमेन्ट प्रा.लि. (पिएसडि) वीरेन्द्रनगरले गर्ने नियमित कार्यक्रम ‘सुर्खेत गट् ट्यालेन्ट’ अन्तर्गत ‘प्रोफेशनल स्पिच कम्पिटिशन’ हुन लागेको हो । 

मंगलवार वीरेन्द्रनगरमा गरिएको पत्रकार सम्मेलनमा पिएसडिका प्रवन्ध निर्देशक एवम् कम्पिटिशनका संयोजक प्रेमकुमार विसीले सुर्खेत जिल्लाका सवै माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गरिएको बताए ।

सफलताका लागि वतृत्वकला नै सवैभन्दा ठूलो कुरा भएकाले भोलीका भविश्य विद्यार्थीलाई वतृत्वकलामा प्रखर बनाउन र सफल बनाउन प्रतियोगिता गर्न लागिएको बताए । 

प्रतिस्पर्धा अडिसन, सेकेन्ड, एलिमेशन, टप् फाइभ र फाइनल गरी पाँच चरणमा सञ्चालन गरिनेछ । त्यसका लागि अडिसन र सेकेण्ड राउण्ड जिल्लाभर तीन ठाउँमा हुने पिएसडिले जनाएको छ । 

प्रतिस्पर्धाका लागि सिम्ता, गुर्भाकोट, भेरीगंगा र लेकवेशी समेटेर पूर्वी इलाका, वीरेन्द्रनगर र चिङ्गाड समेटेर मध्य इलाका तथा वराहताल, पञ्चपुरी र चौकुने समेटेर पश्चिम इलाकामा विभाजन गरिएको छ ।

जसअन्तर्गत अडिसन राउण्डमा पूर्वी इलाकाका विद्यार्थीले मेहेलकुनामा, मध्य इलाकाका विद्यार्थीले वीरेन्द्रनगरमा तथा पश्चिम इलाकाका विद्यार्थीले बावियाचौरमा प्रतिस्पर्धा गर्नेछन् । 

यस्तै सेकेण्ड राउण्डको प्रतिस्पर्धा पूर्वी इलाकाको छिन्चु, मध्य इलाकाको वीरेन्द्रनगर र पश्चिम इलाकाको बड्डीचौरमा गरिने पिएसडिले जनाएको छ । पहिलो अडिसनबाट २४ जना छनौट गरी सेकेण्ड राउण्डमा पुग्ने र सेकेण्ड राउण्डबाट १२ जना एलिमिनेशनमा छानिने संयोजक विसीले बताए ।

उनकाअनुसार एलिमिनेशनमा प्रतिस्पर्धा गरिसकेपछि टप् फाइभमा पर्नेछन् भने टप् फाइभमा एसएमएस भोटिङ्ग खुला गरिनेछ । फाइनलमा एसएमएसको २५ प्रतिसत र निर्णयाकको ७५ प्रतिशत निर्णयको मान्यता दिइने निर्णायक मण्डल संयोजक भानुभक्त खड्काले बताए । 

इच्छुक विद्यालयबाट दुई जना अनिवार्य छात्रासहित पाँच जना विद्यार्थीको विवरण विद्यालयको आधिकारिक लेटर प्याडमा लेखि केही शर्तसहित सहभागि गराउन सकिनेछ ।

आयोजकका अनुसार प्रतिस्पर्धाबाट पहिलो हुने विजेताले एक लाख रुपैयाँ, फस्र्ट रनरअफले ५० हजार, सेकेण्ड रनरअफले २५ हजार, स्मार्ट पर्फमरले १० हजार र स्मार्ट भोइस उपाधि प्राप्त गर्नेले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

पिएसडिले कार्यक्रमका लागि जिम्मेवारी बाँडफाटसमेत गरेको छ । जसअनुसार विसीलाई संयोजक, खड्कालाई निर्णायक संयोजक, क्षेत्र तिमिल्सेनालाई विषय विज्ञ, दीपेन्द्र ओलीलाई सञ्चार संयोजक र रंगा सिंहलाई प्रविधि संयोजन प्रमुखको जिम्मेवारी दिइएको छ । 

प्रतिस्पर्धात्मक कार्यक्रमलाई सुर्खेतको एक रेडियो स्टेशन, एक टेलिभिजन तथा अनलाइन पत्रिका, फेसबुक र युट्यूवमार्फत् प्रशारणसमेत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण