२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा एउटै वडाका दुईजना महिला बेपत्ता

२०७४, १९ पुष बुधबार ०२:२८

पुस १९, कपिलवस्तु । यहाँ एउटै वडाका दुई जना महिला बेपत्ता भएका छन् । 

बाणगंगा नगरपालिका वडा नं ९ भलवाडका दुईजना महिला १४ दिनदेखि बेपत्ता भएका हुन् । बक्सीसपुर टोलमा घर भएकी २२ वर्षीया गीता गुरुङ यही मंसिर २४ गतेदेखि र भलवाड घर भएकी राधा नेपाली परियार पुस ५ गतेदेखि बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ । 

अर्घाखाँची गौचौर माइती घर भएकी गुरुङ मंसिर २४ गतेदेखि बेपत्ता भएकी हुन् । गुरुङ मंसिर १५ गते अढाइ वर्षको छोरालाई लिएर माइत गएको नन्द धना गुरुङले बताउनुभयो । उता माइतीमा तीनदिन बसेपछि घर जान्छु भन्दै बस चढेको माइती परिवारले बताएको छ । 

म घर आईपुगेँ भनेर आफूलाई समेत फोन गरेको उनकी आमाले बताउनुभयो । माइत गएको धेरै दिन भयो, भाउजु अझै आउनु भएन भन्दै नन्दले माइतमा फोन गर्दा बल्ल हराएको पुष्टि भएको हो । 

उनकी सासूले गहभरि आँशु पार्दै भन्नुभयो, “हाम्रा आफन्त भएका सबै ठाउँमा खोजियो कतै पत्ता लगाउन सकिएन, अरुभन्दा नि नातिको सारै याद आउँछ ।” 

यस्तै, यही पुस ५ गतेदेखि बेपत्ता भएकी अर्की महिला राधाको घटना भने फरक छ । मलाई कसैले नखोज्नुहोला भन्ने एक पान्नाको चिठी लेखी घरमा छोडेकी राधा कहाँ गइन् भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको उनका ससुरा छन्दबहादुर परियारले बताउनुभयो । 

पत्रमा कुनै ठाउँमा जान्छु भनेर स्पष्ट नलेखेको परियारले बताउनुभयो । सबै ठाउँमा खोजी गरिएको तर अहिलेसम्म पत्ता लगाउन नसकिएको पारिवारिक स्रोतले बताएको छ । 

गीता गुरुङका श्रीमान् मलेसियामा र राधाका श्रीमान् ओमनमा हुनुहुन्छ । दुवै परिवारले इलाका प्रहरी कार्यालयमा खोजिदिनका लागि निवेदन दिएको र खोजीकार्य भइरहेको प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो । दुवै परिवारले खोजिदिनका लागि सबैसँग आग्रह गरेका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा