२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कष्टकर जीवन बिताउन बाध्य मोतियाफाँटाका सुकुम्वासी

२०७४, १९ पुष बुधबार ०२:३४

राजेन्द्रप्रसाद पनेरु/पुस १९, कञ्चनपुर । पुनर्वास नगरपालिका–८ मोतियाफाँटाका सुकुम्वासी परिवार कष्टकर जीवन बिताउन बाध्य छन् । 

करिब डेढ बिगाहा क्षेत्रफलमा १७६ घरधुरी सुकुम्वासी परिवार बसोबास गर्दै आएको मोतियाफाँटामा सडक, विद्युत्, खानेपानी, स्वास्थ्यलगायतका आधारभूत सेवा सुविधा पुग्न सकेका छैनन् । 

गणतन्त्र आएर जनप्रतिनिधि चुनिएर कार्य क्षेत्रमा खटिँदासमेत पुरानै अवस्थामा बाँच्नु परेको गंगे सुनारले बताउनुभयो । नगरपालिकामा जनप्रतिनिधि आएपनि गाउँमा अहिलेसम्म कुनै पनि विकासका कार्यक्रम पुग्न नसकेको उहाँले बताउनुभयो । 

विसं २०७२ असारमा पुनर्वास नगरपालिका खुला दिसामुक्त नगर घोषणा भयो तर मोतिया गाउँको आधाभन्दा बढी बस्तीमा शौचालय नै छैन । 

एकसय ७६ घरधुरीमध्ये १०० घर परिवारले आर्थिक अभावले शौचालय बनाउन सकेका छैनन् । मोतियाफाँटामा अहिलेसम्म नत बिजुली बत्ती पुग्न सकेको छ न पर्याप्त खानेपानीको धारा नै छ, जग्गाको अभावमा शौचालय बनाउने ठाउँ पनि नरहेको स्थानीय बासिन्दा बताउँछन् । 

जीविकोपार्जनका लागि अधिकांश बासिन्दा भारततिर जान्छन् भने कतिपय गाउँमै ज्याला मजदुरी गर्छन् । “नेपाल भारत सीमादेखि करिब २०० मिटरको दूरीमा रहेको मोतियामा राज्यले त ठग्यो नै भारतीय दुधवा नेशनल पार्कबाट वर्षेनी आउने जंगली हात्तीले घर भत्काइदिने, थोरै जग्गामा लगाएका बालीनाली तहसनहस पारिदिने गरेकाले झनै समस्या सिर्जना हुँदै आएको छ” समाजसेवी लहविर सुनारले भन्नुभयो । 

करिब ८० प्रतिशत दलित परिवार बसोबास गर्ने मोतियावासीले आफ्नै पहलमा सञ्चालन गरेको स्थानीय नवदुर्गा आधारभूत विद्यालयसमेत चन्दा संकलनबाट सञ्चालन हुँदै आएको छ । 

आधारभूत तहसम्म पढाइ हुने नवदुर्गामा दुईजना अस्थायी दरबन्दी एकजना राहत र एकजना निजी गरी चारजना शिक्षकले विद्यालय सञ्चालन गरेका छन् । “चुनावमा धेरैले आशा देखाए, चुनाव जितेपछि पनि बस्तीका आधारभूत समस्या समाधान गर्न चासो देखाइएको छैन” स्थानीय वीरे बुढाले भन्नुभयो । 

बस्ने बासभन्दा बस्तीका अरु कुनै सुविधा प्राप्त नभएकाले कष्टकर जीवन बिताउँदै आएको दुखेसो सोना मिजारले पोख्नुभयो । घनाबस्तीका कारण गाउँमा अहिलेसम्म तीनपटकसम्म आगलागी हुँदा बस्ने घर र घरभित्र राखिएको सम्पत्ति जलेर नष्ट भएको उहाँले बताउनुभयो । आगलागीबाट पीडित बन्दासमेत सोधखबर लिनसमेत कोही बस्तीमा नपुगेको उहाँले बताउनुभयो । 

स्थानीय जनजागरण सामुदायिक वनमा सदस्य भएकाले बेलाबेलामा घर निर्माणका लागि केही काठ भने बस्तीका बासिन्दाले पाउने गरेका छन् । समस्याले जेलिएको मोतियाफाँटाका बासिन्दाले आफ्नो गाउँठाउँमा पनि विकास हेर्न चाहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी