२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बेरोजगार युवा जडीबुटी संकलन गरेर जिविकोपार्जन गर्दै

१९ पुष २०७४, बुधबार ११:४८

नन्द बहादुर रोकाया/पुस १९, मुगु । मुगुका बेरोजगार युवा जडीबुटी संकलन गरेर जिविको पार्जन गदै आएका छन । 

हिउँदको समय त्यसै बस्नु पर्ने हुदाँ मुगुका बेरोजगार युवा आज भोली कोहि धन कमाउन भन्दै भारत गहेका छन भने कोहि युवा जडीबुटी संकलन गर्न भन्दै मुगुका हिमाल तिर लागेका छन । 

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका का हस्त बहादुर बुढाका अनुसार बर्षनी मुगुका बेरोजगार युवा हिउँद शुरु हुँदा नहुँदै जडिबुटी खोज्न हिमालतिर जाने गरेको बताउनु हुन्छ । 

यार्सा,को सिजनमा यार्सा संकलन गर्न जाने  चिराइतो, अतिस लगायतका जडिबुटीको सिजनमा यिनै जडीबुटी संकलन गरेको उहाँले बताउनुभयो उहाँले भन्नुभयो  बेरोजगार छौ जडीबुटी  खोज्नु  नगएत खानै पुग्दैन वर्षैपिच्छे हामि जडीबुटी संकलन गरी बिक्रि गरेर जिविको पार्जन गदैको बुढाले बताउनुभयो ।

यसरी जडीबुटी संकलनगरी जिविको पार्जन गर्ने मुगुका बेरोजगार युवा धेरैछन मुगु जिल्लाका हिमालमा जडीबीको राजा मानिने यार्सागुम्बा सतुवा ,चिराईतो,अतिस,भुल्त्या ,बनलसुन, काकाँरसिलो लगयात अन्य जडीबुटी प्रशस्त पाईने गर्दछन् । 

तर जडीबुटी खोज्न सजिलो छैन सबै जडीबुटी एकै ठाउँमा पाईंदैन फरक फरक मौसममा विभिन्न ठाउँमा खोज्न जाँदा संकलकहरुले स्वास्थ्य समस्या झेलेर भएपनी जडीबुटी संकलन गनुपरेको छायाँनाथ रारा नगरपालीका वडा नं ६ का जंग बहादुर भामले बताउनुभयो उहाँले भन्नुभयो अप्ठेरो बाटो, चिसो, जाडो छल्दै बास बस्नु पर्ने  जोखिम छ भन्ने संकलक सबैलाई थाहा  भएपनी बेरोजगारीले यी जोखिम मोल्न तयार बनाएको उहाँको भनाई छ । .

पाँच वर्ष देखि जडीबुटी संकलन गरेर जिविका चलाउँदै आएका स्थानीय धनलाला सावत र लोकेन्द बहादुर सावतका अनुसार मुगुका बेरोजगार युवा जडीबुटी संकलन गर्न वर्षेनि दश बिस हजार मान्छेहरु यार्सा लगायतका जडीबुटी खोज्न हिमालतिर जाने गरेका र यसरी गएकाहरु मध्ये अहिले सम्म ७,८ जनाको ज्यानै समेत गैसकेको बताएका छन । जडीबुटी खोजुञ्जेल संकलकहरुले भोग्नु पर्ने बास बसाइ, खाना, स्वास्थ्य लगायतको समस्या त चाहेर पनि हटाउन नसकिदा समस्याले झेलिरहने बेरोजगार युवाहरु बताउछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य