२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

७५ वर्षिय वृद्धाले नागरिकता वुझदै भनिन् –“अव मैले पनि भत्ता पाउछु”

२०७४, १९ पुष बुधबार १२:५४

माधव बेल्वासे/पुस १९, कपिलवस्तु । उमेरले थलिएको शरीर, कपाल सेतै फुलेको,चाउरी परेको अनुहारमा एकाएक खुसी छाएको थियो । 

श्रीमान जयसराम अहिर सग चन्द्रौटा इलाका प्रशासनका कार्यलयको अगाडी उनी रहेकी थिइन । ७५ वर्षीय हुदा सम्म उनलाई नेपाली नागरिकता कस्तो हुन्छ भन्ने थाहा पनि थिएन ।

कपिलवस्तुको विजयनगर गाउपालिका  १ गुगौली निवासी धनपाती अहिरले ७५ बर्षीको उमेरमा नेपाली नागरिता प्रमाण पत्र पाइन । इलाका प्रशासन कार्यलय चन्द्रौटा वाट वुधवार उनले नागरिकता पाएकी हुन । गाउपालिकाको सिफारीस पछि श्रीमान जयसराम अहिरले उनलाई चन्द्रौटा इलाका प्रशासनमा ल्याएर आएका थिए । 

 कपिलवस्तुको विजयनगर गाउपालिका  १ गुगौली निवासी ७५ वर्षिय धनपाती अहिरले नेपाल नागरिकता वुझदै । तस्बिर: माधव बेल्वासे

नागरिकता नहुदा विभिन्न सेवा सुविधा वाट वन्चीत हुदा सम्म उनलाई केही थाहा थिएन । नेपाल सरकाारले के के कति सुविधा दिन्छ भन्ने उनलाई अहिले सम्म पनि थाहा छैन ।

वि श २००० मा जन्म भएको अहिरले अव नागरिकता बनेपछी भत्ता पाउने भएकी छिन । 

आफु भन्दा कम उमेरकाहरुले भत्ता पाउदा उनको नागरिकता थिएन ।गाउलेहरुले वृद्धा भत्ता पाईन्छ भने पछि श्रीमानले उनलाई नागरिकता बनाउने योजना सहित वडामा गएको वताए ।

सरकारले भत्ता दिने भएपनि नागरिता नहुदा वन्चीत हुनुपरेको उनको भनाई रहेको थियो । इलाका प्रशासनका प्रमुख जगदिश अर्यालले वृद्धा नागरिकता बनाउन आएको थाहा पाएपछि कार्यक्रमवाट छिटै कार्यलय तर्फ फर्किएको वताए । 

कार्यलय आइपुग्दा साझ ५ वजेको थियो ति वृद्धाले अर्यालको पर्खाईमा थिइन तर कार्यलय समय सकिएको भएपनि प्रमुख अर्यालले वृद्धाले नागरिकता वनाईदिए । नागरिकता वुझ्दै वृद्धाले खुसी हुदै भनिन् “अव मैले पनि वृद्धा भत्ता पाउछु” ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते