Skip to content
Friday, July 17, 2026 Nepali Online Media

हुम्लामा अत्याधिक चिसोले एकजनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस २०, हुम्ला (रासस) | सदरमुकाम सिमकोटदेखि ५० कोस टाढा पर्ने ताजाकोट गाउँपालिका–५ की २७ वर्षीया रनदेवी परियार र ६० वर्षीया नन्दकला परियारको रुघाखोकी र ज्वरोबाट मृत्यु भएको छ ।&nbsp;<br></p><p>दक्षिणी भेगमा पर्ने सर्केगाड गाउँपालिकाअन्तर्गत वडा नं ७/८ रोडिकोट गाउँका ९१ वर्षीय भ्याले कार्की, ८८ वर्षीय खैरे शाही, ७८ वर्षीय गोरे जैसी र ५० वर्षीय शंकर रोकायासहित छ जनाको पनि पुस दोस्रो हप्तामा मृत्यु भएको छ ।&nbsp;</p><p>निमित्त प्रजिअ ऋद्धिप्रकाश सिटौलाले तत्काल उक्त गाउँपालिकामा गई उपचार गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएअनुसार बुधबारै उक्त कार्यालयबाट डा नवीन रोकायासमेत पाँच जनाको टोली औषधि लिएर दक्षिणी भेगमा गएको छ । हिमपातले चिसो बढेपछि वृद्धवृद्धा खोकी र घाँटी दुखाइले ग्रस्त भएका छन् ।&nbsp;</p>