१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

जनशक्तिको अभावमा सुरक्षामा चुनौती

१५ भाद्र २०७२, मंगलवार ०५:३७

सन्तोषकुमार गुप्ता/भदौँ १५, भालुवाङ । दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कुबेर कडायतले आवश्यक जनशक्ति र स्रोतसाधनको कमी हुँदा सुरक्षामा केही चुनौती थपिएको बताउनुभएको छ । दंगाग्रस्त क्षेत्र घोषणा भए पनि ३ जनाको ठाउँमा अहिले संवेदनशील क्षेत्र भएकाले ९ जना थप्नु पर्ने र जनशक्ति उही (साविक) हुँदा समस्या भएको बताउनु भयो ।

 unnamed (1)

‘बिहान ५ वजे खटिएका सुरक्षाकर्मीहरु दिउँसो एक वजे आएर खानुपर्छ, लखतरानको थकान नमेटिदै पुनः ड्यूटिमा जानुपर्छ यसले गर्दा जवानहरु बिरामी पर्ने समस्या पनि देखापरेको छ’, उहाँले भन्नुभयो ।’

देश र जनताका लागि काम गर्ने समय यहि भएको र अहिले नगरे कहिले गर्ने भन्ने सुरक्षाकर्मीमा उर्जा पलाए पनि लगातारको परिश्रमले कहिलेकाँही स्वास्थ्यमा समस्या आउने गरेको उहाँले बताउनुभयो । यो भन्दा पनि अति संवेदनशील क्षेत्र अन्यत्र भएकाले संगठनले थप बल उता पठाएकाले पनि आवश्यक जनशक्तिको माग गर्न नसकिएको प्रहरी प्रमुख कडायतले बताउनुभयो ।

त्यसैगरी प्रयाप्त रुपमा आवश्यक गाडी मोटरको व्यवस्था नहुँदा पनि प्रहरीका लागि अर्को चुनौतिको विषय बनेको प्रहरीले बताएको छ । स्रोतसाधनको कमी हुँदा हुँदै पनि त्यसमा पनि पुराना गाडी हुँदा झनै दुःख पाउने गरेको जिप्रकाले बताएको छ ।

‘रातदिन गस्ती गर्नुप¥यो, सुरक्षाकर्मीहरुलाई एक ठाउँबाट अर्को ठाउँ लिएर जानु प¥यो, पुराना गाडी हुँदा बिग्रीएर हैरान हुन्छ’, उपरिक्षक कडायतले भन्नुभयो । केहि दिन अघि सुरक्षाकर्मी लिएर गएको भ्यान अमिलियामा बिग्रेर २ दिन बाटोमा बसेको उदाहरण दिँदै कडायतले कसैलै आगजनी गरिदेला भनेर बिग्रीएको गाडीलाई सुरक्षा दिनु परेको गुनासो गर्नुभयो ।

मेनपावर र आवश्यक स्रोतसाधनको अभाव हुँदाहुँदै पनि दाङलाई सबैको सहयोगमा शान्त बनाउन सकिएकोमा खुसी भएको उहाँले बताउनुभयो । दाङलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेपछि आवश्यक प्रहरीको संख्या र स्रोतसाधनलाई अधिकतम रुपमा परिचालन गर्दा कमी महसुस भए पनि आफूहरु सजगताका साथ तयारी अवस्थामा बसेको कडायतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार