१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सडक छ यातायात व्यवसायी गाडी गुडादैनन्, सर्वसाधरणलाई सास्ती

२० पुष २०७४, बिहीबार १२:१२

चिसाङ शेर्पा/पुस २०, खोटाङ । खोटाङमा सवारी साधन गुडाउँन मापदण्ड सहितको सडक हुंदा पनि यातायात व्यवसायीको बेवास्ताका कारण गाडी नचल्दा सडक बेकामे बनेको छ । 

¥यापले खनेको दिक्तेल–खोटाङबजार ७४ किलोमिटर सडक बेकाम भएको छ । त्यसभेगका स्थानियलाई आवातजावत गर्नमा चरम समस्या भएको छ । 

हिउँदमा महिनामा ६ महिना गाडी चलाउन सकिने भए पनि यातायात व्यवसायीले उक्त सडकमा गाडी लगाउन नमानेपछि सडक भएर पनि स्थानियहरु सदरमुकाम आउन दुईदिन हिडेर आउनुपर्ने बाध्यता हटेको छैन । 

यातायात व्यवसायीसँग उक्त रुटमा गाडी लगाईदिन अनुरोध गरे तर, उनीहरुले ठूला सवारी साधनका लागि घुम्तीहरुमा ट्रनिङ नपुग्ने भन्दै बनाईदिन भनेपछि गाउँपालिको लगानीमा ३ लाख खर्चेर सडक र घुम्ती फराकिलो बनाईदिए अहिले व्यवसायीहरु आनाकानी गर्दै बसहरु लगाउन नमानेका दिपु्रङ गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताउनुभयो । 

दिक्तेल खोटाङबजार सडक ।  तस्विर: चिसाङ शेर्पा, खोटाङ

“उक्त रुटमा साना तथा ठूला सवारी साधान चल्ने भनेर पालिकाले ६५ बर्षमाथी उमेरका यात्रुहरुलाई निशुल्क भाडादर तोकेको थियो, व्यवसायीले बस नलगाउँदा उक्त रकम फ्रिज हुने संम्भावना बढेको पालिका प्रमुख राईले बताए ।”

खोटाङ यातायात व्यवसायीसंघका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ स्याण्डेले आफुहरु खोटाङबजार–दिक्तेलबजार दुईवटा गाडी गुडाउँन तयार रहेको बताउनुभयो । यद्यपी, रत्नपार्कस्थित अल्छेढुंगामा सडक मर्मत गरेर ढलान गर्ने कार्यले सडक बन्द भएको तथा वैकल्पिक सडक नभएकाले तत्काल बस चलाउन नसकिएको श्रेष्ठले बताएका छन् ।  

बेलायती सरकारको सहयोगमा ग्रामीण पहँुच कार्यक्रम (¥याप)ले ११ वर्ष लगाएर २०६९ साल असारमा निर्माण सम्पन्न गरेको ७४ किलोमिटर लामो हरित सडक हालसम्म उपयोग बिहिन बनेको हो । 

¥यापले ३६ करोड ३२ लाख ९९ हजार ३९१ रुपैयाँको लागतमा वाताबरणमैत्री प्रबिधि अपनाएर निर्माण गरेको सडक वल्ल तल्ल पाँच वर्षपछि गाडी गुड्ने अवस्थामा आएको भएपनि यातायात व्यवसायी संघको वेवास्थाका कारण त्यस क्षेत्रका सर्वसाधरणलाई गाडी हेर्ने र चड्ने सपनाबाट वन्चित बनाईएको छ । कच्ची सडक भएकाले जिल्लाका अधिकांश सडकहरु ६ महिना सञ्चलानमा आउने र ६ महिना बन्द हुने गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक