२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वीरेन्द्रनगरमा प्रहरीको अवैध मदिरा नियन्त्रण अभियान

२० पुष २०७४, बिहीबार १५:५२

पुस २०, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको नेतृत्व परिवर्तन भएसंगै हङ्गामा मच्चाउन खोज्ने नयाँ नेतृत्वले फेरी ‘अवैध मदिरा क्लिन स्वीप’ अभियान थालेको छ । 

बुधबार र बिहीबार गरी दुई दिनमा सुर्खेत प्रहरीले पाँचसय बढी घरेलु मदिरा बरामद गरेको बताएको छ । बरामद मदिरा बिहीबार पत्रकार र करदाता सेवा कार्यालय सुर्खेतको रोहवरमा नष्ट समेत गरेको छ ।

यो अभियान नयाँ नेतृत्व आएको बेला मात्रै प्रहरीले जोडतोडले लागेपनि अन्य समय शिथिल हुने गरेको तर्क आमनागरिकको छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचन अगावै सुर्खेत प्रहरीको जिम्मेवारी सम्हालेका एसपी उमाप्रसाद चर्तुवेदीले बुधबार मात्रै यो अभियानलाई सार्थकता दिन टोल टोलमा प्रहरी परिचालन गरेका थिए । 

केही दिन अघि मात्रै जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी निरिक्षकमा शंकर श्रेष्ठले प्रवेश पाए । एसपी चर्तुवेदी र प्रहरी निरिक्षक श्रेष्ठले एकै दिनमा यतिको ठुलो मात्रामा घरेलु मदिरा जफत गरे ।

घरेलु हिंसाको जड घरेलु मदिरा मुख्य कारक मानिन्छ । नयाँ नेतृत्वले देखाउनकै लागि मौसमी अभियान थाल्दा अवैध मदिराले प्रसय पाइरहेको आम नागरिकको बुझाई छ । 

वीरेन्द्रनगरका विभिन्न ठाउँहरुबाट प्रहरीले घरेलु मदिरा बनाउन प्रयोग गरिने सामग्रीसहित तयारी अवस्थामा रहेको पाँचसय लिटर मदिरा बरामद ग¥यो । यो अभियान झण्डै एकवर्षको अवधिमा बुधबारबाट थालेको हो । 

वीरेन्द्रनगरका साना होटर र कटेजहरुमा छ्यापछ्याप्ती पाइने घरेलु मदिरा नियन्त्रण अभियान मासिक रुपमा गर्नुपर्ने तर्क स्थानीय कल्पना थापाको छ ।

‘प्रहरीले नयाँ नेतृत्वमा आए मात्रै अभियान थाल्छ, अन्य समयमा तैँ चुप मैँ चुपको अवस्थामा हुन्छ’ थापा भन्छिन्,–‘थाल बजाएर हात्ती भगाउन खोज्नुभन्दा नियमितता हुनु राम्रो हुन्छ ।’ 

दुई दिनको अवधिमा मात्रै प्रहरीले ग्यालिनमा तयारी मदिरा ८० वटा, जम्बो बोत्तल ८० वटा, प्लाष्टिकको ठुलो भाडा ५३ थान, मिनरल वाटर २३ बोत्तल, रक्सी बनाउन प्रयोग हुने भाडा ९ थान, फिल्टर ५ थान र डेक्ची २ थान बरामद गरेको छ ।

सदरमुकाम वीरेन्द्रनगर आसपासका क्षेत्रहरुबाट अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चर्तुवेदीले जानकारी दिए । उनले यो अभियान क्षणिक नभइ निरन्तर चल्ने दावी गरे । 

‘सदरमुकाम क्षेत्रमा रहेका साना होटलहरुमा घरेलु मदिराको बिक्री वितरण अत्यधिक भएको पायौं’ एसपी चर्तुवेदीले भने ‘मदिरा उत्पादन गरिने क्षेत्रमा नियमित छड्के अनुगमन जारी राख्नेछौं, मदिरा नियन्त्रण गर्ने अभियान मौसमी हुने छैन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान