४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा भएका छुट्टाछट्टै दूई दुर्घटनामा दुई जनाको मृत्यु

२१ पुष २०७४, शुक्रबार ०२:२१

पुस २१, नुवाकोट । नुवाकोटमा बिहीबार भएका दुई घटना स्काभेटर दुर्घटना र करेन्ट लागेर गरी दुईजनाको मृत्यु भएको छ । 

तार्केश्वर गाउँपालिका–५ गोस्र्याङमा बिहीबार राति ८: ०० बजे स्काभेटर दुर्घटना हुँदा सहचालक बुद्धिराम तामाङको मृत्यु भएको हो । हल्देफाँटमा सडक विस्तार गरेर सुरक्षित स्थानतर्फ राख्नका लागि लैजाँदै गर्दा भएको दुर्घटनामा मेघाङ गाउँपालिका घर भएका तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । 

चालक नभएकाले दिनभर सहचालकले नै स्काभेटर चलाएर सुरक्षित स्थानमा फर्कँदै गर्दा अनियन्त्रित भएर करिब ५० मिटर तल पुग्दा तामाङको घटनास्थलमा नै मृत्यु भएको हो । शवको मुचुल्का गरी परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याउन लागिएको छ । 

यस्तै, दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा बिहीबार साँझ करेन्ट लागेर स्थानीय सुनबहादुर तामाङको मृत्यु भएको छ । 

छिमेकी चन्द्रबहादुर तामाङको घर निर्माणका लागि खटिएका २८ वर्षीय तामाङले फलामको रड सोझ्याउने क्रममा विद्युतीय तारमा छोएर करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सुनबहादुरसँगै घर बनाउन खटिएका ५७ वर्षीय मानबहादुर तामाङ करेन्ट लागेर घाइते हुनुभएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि अवस्था सामान्य भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ