2026-09-14 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

परिवर्तित सन्दर्भमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम लिवाङमा सम्पन्न

मनिषा राई/पुस २१, रोल्पा । राजनैतिक परिवर्तनसंगै नागरिक समाजको भूमिका समेत वदलिएको रोल्पाको लिवाङमा शुक्रबार आयोजित एक कार्यक्रमका सहभागिहरुले औल्याएका छन । 

मानव अधिकार तथा कानूनी सेवा केन्द्र (हरप्लेस) रोल्पाले शुक्रवार आयोजना गरेको रोल्पा जिल्लामा नागरिक समाजको अवस्था र परिवर्तित सन्दर्भमा नागरिक समाज संघ, संगठनको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका वोल्ने वक्ताहरुले सो कुरा वताएका हुन । 

देशमा राजनैतिक परिवर्तन भएको औल्याउदै अव नागरिक समाजले जनतको हक अधिकारको विषयमा वकालत गर्दै राज्यसंग मिलेर जानु पर्ने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाको सुझाव थियो । 

नागरिक समाजको रचनात्मक र आलोचनात्मक सहयोगको अझै वढेर गएको वुढाको भनाई थियो । कार्यक्रमका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले गैर सरकारी संस्थाहरुको पारदर्सिता माथि पटक पटक प्रश्न उठ्ने गरेको वताउनुभयो । 

एउटै जिल्लामा सयौंको संख्यामा गैर सरकारी संस्थाहरु दर्ता रहेकाले उनीहरुले गरेको कामको स्थानीय प्रशासनले अनुगमन गर्न संभवन नरहेको वताउनुभयो । लोकतन्त्रका नागरिक समाजको भूमिकालाई कम आक्न नसकिने डा. भट्टराईको भनाई थियो । 

राजनैतिक परिवर्तन संगै नागरिक समाजको रुपान्तरण समेत जरुरी रहेको सुशासन विज्ञ कृष्ण पाठकको तर्क थियो । स्थानीय सरकार प्रति जनताको ठूलो अपेक्षा रहेकाले सो पुरा नभए जनता प्रति ठूलो नैराश्यता आउने खतरा रहेको पाठकको भनाई थियो । गरिवको झुपडी सम्म लोकतन्त्र पुगेको प्रत्याभूती दिन नागरिक समाजले राज्यलाई सहयोग गर्नु पर्ने उहाँको तर्क थियो । 

द्धन्दकालिन समयमा राज्य र विद्रोही पक्षवाट आफुहरु निकै प्रताडित भए पनि आफ्नो भूमिका सधै शान्ति स्थापनाका लागी हुने गरेको नागरिक समाज रोल्पाका संयोजक घनश्याम आचार्यले स्मरण गर्नुभयो । 

हरेक पटक भएका राजनैतिक परिवर्तनमा नागरिक समाजको भूमिका सशक्त रहे पनि व्यवस्था परिवर्तन संगै नागरिक समाजलाई भूमिका विहिन वनाउन खोजेको आचार्यको आरोप थियो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य एवम ५ नंवर प्रदेश ईन्चार्ज शोभाराम डाँगीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

अग्रगमन, लोकतन्त्र र शान्ति स्थापनाका हरेक आन्दोलनहरुमा नागरिक समाजको भूमिका सधै सशक्त रहेको कार्यपत्रमा औल्याइएबको थियो । 

जिल्ल समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण हरप्लेस रोल्पाका कार्यक्रम संयोजक खेम वुढामगरले गर्नु भएको थियो ।

कार्यक्रममा पत्रकार, नागरिक समाजका प्रतिनिधि, सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ