२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा भुकम्प दिवसका दिन विभिन्न कार्यक्रम गरिने

२०७४, २१ पुष शुक्रबार १५:०८

पुस २१, कालीकोट । आउँदो माघ २ गते मनाउन लागिएको राष्ट्रिय भुकम्प दिवसको अवसरमा कालीकोटमा बिभिन्न कार्यक्रम गरिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कालिकोटमा बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले आगामी माघ २ गते मनाईदैँ आएको राष्ट्रिय भुकम्प दिवस विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।

जिल्ला समन्वय समितिका संयोजक अनिपाल शाही, निमित्त प्रमूख जिल्ला अधिकारी राजकुमार दुलाल, खाँडाचक्र नगरपालिकाका मेयर जसीप्रसाद पाण्डेलगायत जिल्लास्थित सरकारी कार्यालयका प्रमूख,स्थानीय तहका जनप्रतिनिधिसहितको बैठकले जिल्लाव्यापी रुपमा भुकम्प दिवस मनाउनका लागि विभिन्न कार्यक्रमसहित कार्यविभाजन गरेको छ ।

उक्त दिवसका अवसरमा भुकम्पीय सुरक्षा सम्बन्धि र्याली, सभा समारोह, सामुहिक प्रतिबद्धता, रेडियो मार्फत सार्वजनिक सुचना प्रशारण, सडक नाटक, वक्तृत्वकला प्रतियोगिता लगायतका विभिन्न जनचेतनात्मक कार्यक्रम गरिने बताईएको छ । बैठकमा सहभागी जिल्लाका सरोकारवालाहरुले जिल्लाका हरेक स्थानीय तहमा भवन निर्माण आचारसंहिता कार्यान्वयनमा ल्याउन पहल गर्नुपर्ने, स्थानीयस्तरमा समेत भुकम्प दिवस मनाउन परिपत्र गर्नुपर्ने बताएका छन् ।

‘सवल समुदाय, सवल सरकारः भुकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने मुल नाराका साथ मनाउन लागिएको दिवसका लागि सहायक प्रमूख जिल्ला अधिकारीको नेतृत्वमा उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, खाँडाचक्र नगरपालिकालगायत सात सदस्य मुल समारोह व्यवस्थापन उप–समिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते