बालबालिकालाई शैक्षिक सामाग्री वितरण

Posted on: 05 Jan, 2018

पुस २१, कालिकोट । जिल्लाको शान्नित्रिवेणी गाउँपालिका वडा नं. १ मा विपन्न तथा असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विभिन्न कारणले अभिभावक गुमाएका र आर्थिक अवस्था कमजोर भएका परिवारका ८ जना बालबालिकाहरुलाई प्रति व्यक्ति २ सय ५ सय रकम बराबरको विद्यालय पोशाक, झोला, कापीलगायतका सामाग्रीहरु वितरण गरिएको हो ।

शान्नित्रिवेणी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष भरतबहादुर बिकको अध्यक्षता तथा जिल्ला समन्वय समितिकी सदस्य कमला जैसीको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा आयोजना गरि विपन्न तथा असहाय बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको स्थानीय धन जैसीले जानकारी दिए । उनका अनुसार शान्नित्रिवेणी गाउँपालिका वडा नं. १ मा बालबालिकाको हितमा खर्च गर्न विनियोजित ३१ हजार बजेटबाट बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा शान्नित्रिवेणी गाउँपालिकाकी उपप्रमूख होईजा बुढा, स्थानीय अभिभावक लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!